काठमाडौं- ६२औं राष्ट्रिय कविता महोत्सवमा कवि हेम प्रभास प्रथम भएका छन्।
आज सम्पन्न प्रतियोगितामा धादिङका प्रभासको 'परदेश गएका पतिका नाममा' शीर्षकको कविता प्रथम बनेको हो।
यस्तै सुभाषचन्द्र भण्डारी (डोटी) को 'किनाराका अलिखित संवेगहरु' शीर्षकको कविता द्वितीय घोषित भयो। प्रज्ज्वल अधिकारी (लमजुङ) को 'पाठशाला', शान्ति शर्मा (सोलुखुम्बु) को 'उज्यालोको गीत' र प्रकाश बस्नेत गफाडी (काठमाडौं) को 'इन्द्रधुनष' कवितालाई तृतीय घोषित गरिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।