काठमाडौं- कवि प्रतिरोध कार्कीको कवितासंग्रह ‘घामको पहाड’ सार्वजनिक भएको छ।
साहित्यको मुलबाटो मानिएको कविता, लेखन कलाको रूप र साहित्यको एक विधा हो। कवितालाई शब्दहरूका गुण, तिनका लम्बाई, ध्वनि र अर्थहरूका माध्यमले कलात्मक बनाइएको हुन्छ। त्यसमै आधारित रहेर कार्कीका गद्य कविताहरुको संग्रह प्रकाशित भएको हो।
संग्रहमा ३३ वटा कविता रहेका छन्। पचासको दशकदेखि नै कविता लेखनमा सक्रिय उनले संग्रहमा राष्ट्रियता, सशस्त्र द्धन्द, मानवीय संवेदना तथा स्वतन्त्रताजस्ता विषयलाई कविताको विषयवस्तु बनाएका छन्।
पत्रकारितामा समेत आबद्ध रहेका कार्कीको सो कवितासंग्रह आकृति प्रकृति प्रकाशनले बजारमा ल्याएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।