• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २८, २०८२ Sat, Jul 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
जसले 'हरेक' नेताको कठालो समाते
नारायण अधिकारी/ऋग्वेद शर्मा आइतबार, साउन १९, २०७६  १८:२४
1140x725

काठमाडौं- माधवबहादुर थापा, एक अवकाशप्राप्त प्रहरी अधिकृत। उनले अवकाश पाएको १० वर्ष भयो। तर, यो एक सय २० महिना उनलाई एक दिन फुर्सद छैन। जसरी जागिरका ३ सय ६० महिना एक सेकेन्ड पनि फुर्सद थिएन।

जागिरको समय काममा खटिएर फुर्सद नपाएका माधव अहिले ती दिनको सम्झनामा बेफुर्सदी छन्। यसैले माधवको परिचय जागिरका दिनहरूमा पुगेर लिनुपर्छ। अहिलेका ‘शान्त’ माधवलाई हेर्ने हो भने उनी विगतमा यति ‘कठोर’ थिए भन्ने अनुमान गर्न सकिँदैन। 

तब त भनेको माधवलाई खोज्न उनले कठबाँस चलाएका दिनहरूमा पुग्नुपर्छ। बन्दुक बोकेर हिँडेका कुइनेटा नियाल्नुपर्छ, एम्बुसबाट बाँचेका मोडहरू हेर्नुपर्छ। या त आन्दोलनमा अगाडि देखिने पुराना फोटाहरू हेर्दा हुन्छ, उनले कठालो समातेका हरेक नेताहरूलाई सोध्दा पनि हुन्छ। 

यसैले माधव भन्छन्, ‘मेरो बारेमा बुझ्न अहिलेका जल्दाबल्दा नेताहरू जसलाई सोध्दा पनि हुन्छ। मेरो बारेमा उनीहरूलाई एक-एक थाहा छ। कुन समयमा कसलाई पक्राउ गरेँ, कहाँ-कहाँको हुलदंगामा के-के भयो? मेरा हरेक विषयमा नेताहरू नै जानकार छन्।’

आन्दोलन र हुलदंगा हुने ती दिनका पत्रिका पल्टाउँदा, एल्बम हेर्दा, भिडियो हेर्दा पनि माधव पक्कै भेटिन्छन्। तर, हामी भने उनलाई प्रत्यक्ष भेट्न अनेक उपाय छाडेर उनको निवासमै पुगेका छौँ।

000

धुम्बाराही पिपलबोट नजिकै छ माधवको घर। घरभित्र छिर्ने बित्तिकै उनका जागिरे सम्झनाले स्वागत गरिहाल्छन्। आकर्षक आँखिझ्यालको लहरै उनले तस्बिर सजाएका छन्। कुनै स्टुडियोमा वा कतै सुन्दर फूलबारीमा खिचाएका तस्बिर होइनन् यी। तस्बिरमा माधव आन्दोलनमा खटिँदाका क्षणहरू छन्। 

Ncell 2
Ncell 2

‘मसँग अहिले भएका तस्बिरहरू त प्रायः प्रधानमन्त्री भइसकेका नेताहरूको मात्र हो। त्यो पनि फोटो पत्रकारहरूले जुन-जुन पठाइदिए, तिनै तस्बिर मात्रै छन्। होइन भने त मेरा तस्बिरहरू घरमै नअटाउने जति होलान्,’ उनले तस्बिरसँग जोडिएका तथ्य सुनाउन थाले। 

घरभित्र सजाएका तस्बिर, प्रमाणपत्र र पदकहरू देखाइरहँदा माधव भन्छन्, ‘मैले पाएका यी प्रमाणपत्र र पदकहरूले नै मलाई मृत्युपछि जलाउन पुग्छ!’ 

आफ्नो मृत्युबारे सहज हुनसक्ने आँट माधवले यसै आर्जेका होइनन्। उनको कामलाई फर्केर हेर्ने हो भने उनी सयौँपटक मृत्युको मुखबाट निस्किएका छन्। कतिलाई मृत्युकै मुखबाट निकालेका छन्। 

माधवले बिहेकै समय पनि किन दुई घण्टामात्रै छुट्टी पाए? श्रीमती प्रसव वेदनाले अस्पतालमा छटपटिरहँदा उनी बम पड्किएको इलाकामा किन थिए ? कोही जान डराउने ठाउँमा किन माधव नै खटाइन्थे ? एम्बुसबाट उनी कसरी उम्किए ? युद्धका दोहोरो भिडन्तमा के गरे ? कसरी उनले हरेक नेतालाई गिरफ्तार गरे ? कसरी असइबाट जागिर खाएर डिआइजीसम्म पुगे? 

माधवको जीवन कथा केही क्षणमा बुझिसकिँदैन। तर, जति बुझिन्छ दंग पर्न त्यति नै पर्याप्त छ।  

यसैले होला अमेरिकी फोटो पत्रकार वजुस्वाका काराग्वाले माधव काममा खटिएको बेलाको एक घण्टा २० मिनेट लामो सिडी बनाएर न्युयोर्कदेखि पठाएका छन्। जसमा उनले गरेका धरैजसो ‘अपरेसन’ देखिन्छ। ती पत्रकारबारे सुनाइरहँदा माधव दंग छन्। गर्वले छाति अझ चौडा पारेका छन्। काराग्वा उनलाई भेट्न भनेर नेपालसम्मै पनि आए। ‘तपाईंजस्तो अफिसर त अमेरिकामा पनि देखेको छैन,’ ती पत्रकारको वाक्य अझै सम्झन्छन् माधव। 

कसरी आउँछ त माधवलाई आँट? भन्छन्, ‘मेरा पुर्खाहरू आर्मीमा थिए। मेरो आमा भोटको। मावलका हजुरबुबा दोस्रो विश्वयुद्धमा बर्मामा लडाइँमा नै बित्नुभएको। मेरो घरतिरका हजुरबुबा पनि आर्मीको लप्टनसम्म हुनुभएको थियो। रगतमै भएर होला मलाई पनि डर भन्ने कहिल्यै भएन।’ 

पहिले माधवको परिवार झापामा भारतको सीमा नजिकमै बस्थे। बुबा खेतिपाती गर्थेे। ०२९ सालतिर पढ्न भनेर माधव काठमाडौं आए। काठमाडौंकै नेवार परिवारकी छोरी बिहे गरे। ‘हामीलाई त यहाँको नेवारले टेर्दै नटेर्ने नि। पाखे भनेर हेप्थे। त्यही भएर नेवारकै छोरीसँग लभ म्यारिज गरेँ,’ विजयी भावमा माधव सुनाउँछन्। 

माधव अहिले ६६ वर्षका भए। बिहान चार बजे उठ्छन्, एउटा स्याउ र एक गिलास दुध पिउँछन्। ८ बजेसम्म ब्याडमिन्टन र लनटेनिस खेल्छन्। घर फर्किएपछि तीनवटा कुकुरसँगै चराहरूसँग बित्छ उनको समय। कालिजको सौखिन उनले भिन्न-भिन्न खाले कालिज लहरै राखेर पालेका छन्। तीनैको स्याहारपछि जनआस्था, साँघु र दृष्टि पत्रिकामा आँखा डुलाउँछन्। 

000

२०३४ सालको कुरो, काठमाडौंमा पढ्न बसेका माधव क्याम्पस बन्द भएकाले गाउँ झापातिर पुगेका थिए। त्यतिबेला नै उनले सुने, प्रहरी सहायक निरीक्षकमा भर्ना खुलेको छ। त्यसैले प्रहरीमा भर्ना हुन काठमाडौं नै फर्किए। 

त्यतिबेला उनलाई लाग्यो, निरीक्षक भनेको इन्स्पेक्टर हो, सहायक निरीक्षक भनेको सइ होला। सइको जागिर खाने भइयो भनेर दंग परे। फर्म भरेर भिँड्दा मात्रै उनले थाहा पाए प्रहरी सहायक निरीक्षक भनेको असइ रहेछ। 

०३५ सालको वैशाख १ गतेदेखि नै उनी तालिममा छिरे। उनीसँगै अरु ४१ जना असइ भएका थिए। तर, असइमा छिरेर प्रहरी नायव महानिरीक्षक (डिआइजी) भएको उनी एक्ला हुन्। उनै भन्छन्, ‘कोही प्रहरी उपरीक्षक (एसपी) सम्म भए होलान् त्यसभन्दा माथि जाने थिएनन्।’

तालिम सकिएपछि उनको सुरुको पोस्टिङ प्रहरी हेडक्वाटरको सञ्चार शाखामा भयो। उनको पोस्टिङ भएपछि नगर प्रहरीमा कन्ट्रोल रुम खोलिएको थियो। त्यही नै नेपालको पहिलो कन्ट्रोल रुम थियो। त्यतिबेला आइजीमा थिए, दुर्लभकुमार थापा। माधव भर्ना हुँदाका आइजी खड्गजित बरालको अवधि सकिइसकेको थियो। 

दुर्लभकै सक्रियतामा चारजना असई छानेर कन्ट्रोल रुममा राख्ने कुरा भएको थियो। त्यसमा माधव पनि छानिए। 

‘त्यसबेलादेखि नै म लनटेनिस, ब्याडमिन्टन खेल्थें। त्यही समय सँगै रुपक शर्मा भन्ने प्रहरी निरीक्षक हुनुहुन्थ्यो। उहाँले नै तिमी नगर प्रहरीमा जाउ तिमीजस्तो अफिसर त्यहाँ जानुपर्छ, म आइजी सापलाई भन्छु भन्नुभएको थियो। पछि पाकिस्तानमा प्लेन दुर्घटनामा परेर उहाँ बित्नुभयो’ माधवले नमजा मान्दै सम्झिए। 

त्यसपछि रुपककै सल्लाहमा माधव कन्ट्रोलबाट नगर प्रहरीमा सरुवा भएका थिए। ‘मेरो हिम्मत, लगनशीलता, काम गर्ने शैली देखेर रुपक सरले नै नगर प्रहरीमै बस्न सुझाउनुभएको हो। त्यसपछि त म २० वर्षसम्म त्यही बसेँ। असइदेखि डिएसपीसम्म नगर प्रहरीमै भएँ,’ माधवले सुनाए। 

अरुलाई डिएसपीसम्म पुग्न नै प्रहरी निरीक्षककमा नाम निकाल्नु पर्छ। तर, उनले लिखित परीक्षा दिनु परेन। कठबाँस चलाएकै भरमा प्रहरीमा असइदेखि डिएसपीसम्म भए।

‘अहिले त त्यो सम्भव नै छैन। सबैतिर राजनीति पसेको छ। त्यसबेला प्रहरीमा अहिले जस्तो राजनीति थिएन। आफ्नो तहको हाकिमबाहेक अरुका बारेमा हामीलाई केही थाहा हुँदैन थियो,’ माधव भन्छन्, ‘अहिले त धेरै ठाउँ रिझाउनु पर्ने जमाना आएको छ।’

नगर प्रहरीले त्यसबेला काठमाडौं उपत्यकाका तीन जिल्ला हेर्नुपथ्र्यो। तीन जिल्लाको इमर्जेन्सीमा नै विशेष ध्यान दिनुपथ्र्यो। २४ घण्टा नै अन ड्युटी। 

त्यो बेला नगर प्रहरीलाई एउटा भ्यान दिएको माधव सम्झन्छन्। हतार नै हुने भए पनि अहिले जस्तो गाडी थिएन। त्यही भ्यान पनि एकातिर गएको बेलामा केही प्रहरी अर्कोतिर खटिनु पर्‍यो भने दौडनुको विकल्प थिएन। 

यसरी उपत्यकामा नगर प्रहरीमा पुगेपछि माधवले पहिलो पटक ०३६ सालको विद्यार्थी आन्दोलनमा लाठी चार्ज गरे। अमृत साइन्स क्याम्पस बाहिर भएको त्यो लाठी चार्ज सुनाउँदा माधव अहिले पनि त्यही समयमा पुग्छन्। 

कसरी विद्यार्थीहरू आन्दोलित भएका थिए, कसरी उनीहरूलाई साम्य पार्नु थियो, हुल कसरी बढ्यो र आफूहरूले नियन्त्रण गर्न कसरी लाठी चार्ज गरियो माधवलाई एक-एक थाहा छ। त्यहाँ खटिएका डिएसपी भागेपछि रविराज थापाको कमाण्डमा माधव त्यहाँ पुगेका थिए। 

000

०३६ सालमा अमृत साइन्स क्याम्पसको पहिलो लाठीचार्जपछि माधव ३० वर्षसम्म लाठीचार्जमै रहे। लाठी हान्दाहान्दै अवकाश पाए। पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलनदेखि लोकतन्त्र माग्दाको आन्दोलनसम्म भिड नियन्त्रणमा खटिएका छन् माधव। आन्दोलनकारीलाई ट्रकमा हालेर अञ्चलाधीशकोमा बुझाउन लगेकोदेखि भ्यानमा कोचेर हिरासतमा राखेकोसम्म सम्झना ताजा छन्। 

लाठी हान्दाको हरेक समय सम्झँदा माधव आफ्नो टाउको देखाउँछन्। खुट्टातिर हेर्छन्। उनको टाउकोमा १८ ठाउँ  चोट  लागेको छ। दाहिने घुँडामा चोटको ठूलो खत छ। उनी भन्छन्, ‘खुट्टामुनि त सयभन्दा बढी ठाउँ चोट लागेको होला।’ अखिल-नेविसंघको झगडादेखि टोले गुण्डाका झगडासम्ममा पुगेको अनुभव माधवसँग छन्। 

०३६ सालको आन्दोलनका बेला त आफूहरू क्याम्पसभित्रै छिर्नुपरेको अनुभव उनी सुनाउँछन्। ‘अवस्था नै त्यस्तै थियो। हामी बल प्रयोग गरेर क्याम्पसभित्रै छिरेपछि आन्दोलनमा भएका विद्यार्थीहरू आत्तिएका थिए। कोही झ्यालबाट हाम फाले। कसैको टाउका फुट्यो। कसैका खुट्टा भाँचिए,’ सुनाइरहँदा माधव केही नरमाइलो महशुस गरेजस्तो देखिए।

‘समूह-समूहको झगडा पनि नगर प्रहरीले हेर्नुपर्ने भएर एकछिन फुर्सद हुँदैन थियो। हामी अफिसमा नै खाने, अफिसमा नै सुत्ने गथ्र्यौं,’ यस्तो सुनाइरहँदा माधवलाई आफ्नो बिहेको दिनको सम्झना हुन्छ। हुन पनि उनले बिहे गर्न पनि दुई घण्टा मात्रै छुट्टी पाएको सुन्दा अचम्म नै लाग्छ।

‘भन्दा विश्वास हुनै गाह्रो पर्छ तर मैले बिहेमा दुईघण्टा मात्रै बिदा पाएको थिएँ। ०३८ सालको कुरो हो। नगर प्रहरीमा नै थिएँ। नयाँ सडकमा ठूलो भिड भएर हुलदंगाको स्थिति रहेछ। उपत्यकाका डीआइजी अच्युतकृष्ण खरेलले मलाई नै खटाउने बताउनुभयो,’ माधव सुनाउँछन्, ‘सरले तिमी जानुपर्छ भनेपछि मैले भनेँ - सर आज त मेरो बिहे हो नि, म घर जानुपर्छ। तर, उहाँले एकैछिन पर्खिदेऊ भिड नियन्त्रण होस् अनि तिमी हिँडिहाल भन्नुभयो। पाँचजना साथीहरू गएर दुई घण्टामा बिहे सकाएर म फेरि काममा फर्किहालेको थिएँ।’

दुई घण्टामा हतार-हतार बिहे गरेको सुनाइरहँदा माधव घरी कस्तोसम्म गरियो भनेर रोमाञ्चित देखिन्छन्। घरी त्यस्तो पनि भयो है भनेजसरी अचम्ममा पर्छन्। दुई घण्टाको छुट्टीमा बिहे गरेका माधवले सन्तान जन्माउँदा पनि अस्पतालमा श्रीमतीसँगै बस्न पाएनन्। ०४२ सालमा उनको जेठो छोरा जन्मिँदा उपत्यका बम काण्डले आक्रान्त थियो। ०४६ सालमा सानो छोरा जन्मिँदा त व्यवस्था विरोधी आन्दोलनले उग्र रुप लिएको थियो। 

०४६ सालमा त माधवको एक-एक घण्टामा सरुवा हुन्थ्यो। लौ-लौ पाटन जलाउन लागे रे भन्ने बित्तिकै पाटन, बनेपा जलाउन लागे भनेपछि उतै लाग्नु परिहाल्थ्यो। मौखिक रुपमा नै हुने सरुवा बुझेर उनी उपत्यकाका तीन जिल्लासँगै काभ्रे र धादिङसम्म पनि पुग्थे।

‘अवस्था कस्तो-कस्तो थियो। आफ्नो काम भनेपछि म जस्तो परिस्थितिमा पनि गर्न तयार। प्रहरी सेटमा नै मलाई स्याबास माधव भन्ने तारिफ आइरहेको हुन्थ्यो। त्यसबेलाका प्रधानमन्त्री मरिचमान श्रेष्ठले समेत मेरो खुब प्रशंसा गर्थे। त्यसैले त कतै आन्दोलन कडा भयो कि म पुगिहाल्नु पर्दथ्यो।’ 

०४६ सालको एउटा घटना भने माधवलाई झस्काउने खालकै छ। पाटनमा आन्दोलन चर्कियो रे भनेपछि उनी उतै खटाइए। ४५ जनाको प्रहरी टोली पाटनको गल्ली भित्रै पुग्यो। तर, स्थानीयले यस्तो चलाखी गरे कि प्रहरीलाई भित्रसम्म पुग्न दिएर उनीहरूले बाहिरबाट घेरा हालिहाले। मंगलबजारमा ४८ घण्टासम्म घेराभित्रै पारे। 

घटना सम्झँदै माधव भन्छन्, ‘त्यतिबेला हामीसँग हतियार थियो। त्यसैले स्थानीयलाई भन्यौँ - तपाईंहरू घेरेर मात्रै राख्नुहुन्छ भने हामीलाई मतलव भएन। तर ढुंगामुडा र तरबार लिएर आक्रमण गर्नुहुुन्छ भने हामी पनि फायर खोल्न तयार हुन्छौँ।’ आफ्नो त्यही धम्कीपूर्ण आग्रहले झण्डै एक लाख स्थानीयले आफूहरूमाथि आक्रमण नगरेको माधवलाई लाग्छ। 

माधवहरू स्थानीयको घेरामै रहँदा प्रहरीको थप मद्दत पनि आयो। स्थानीय नेताहरूसँग प्रहरी अधिकारीको छलफलपछि उनीहरूलाई छाडियो। 

000

माधवको प्रहरी जीवनको रोचक पक्ष हो उनले हरेक नेताको कठालो समातेका छन्। यसैले त उनी दंग पर्दै भन्छन्, ‘मलाई को-को नेतालाई समात्नुभयो भनेर नसोध्नुस्, को-को नेतालाई समात्नुभएन भनेर सोध्नुस्। पछिल्लो समय प्रधानमन्त्री बनेका त पुष्पकमल दाहाल प्रचण्डबाहेक सबै नेतालाई समातेको छु। कोठे राजनीति गर्नेबाहेक सबैलाई समातेँ।’ 

माधव सुनाउँछन्, ‘मनमोहन अधिकारीलाई त लाठी चार्ज गरेर समातेको सात दिनपछि उहाँ प्रधानमन्त्री नै बन्नुभयो। त्यो बेला राजाको सवारी रोक्ने गरी टिचिङ नजिकै धर्ना भइरहेको रहेछ। हटाउनै पर्ने आदेश थियो। आइजी मोतिलाल बोहराले मलाई बोलाइहाल्नुभयो। एयरपोर्टमा ‘एन्टी टेरोरिजम’को तालिम गरिरहेको बेला आइजीले बोलाएपछि तालिम छाडेरै आएँ। लाठी चार्ज गरेर सबैलाई भगाएँ। मनमोहनजीलाई समातेर डेरामा लगेर छाडिदिएका थियौँ।’ 

मनमोहनलाई त्यसरी समाए पनि आफूप्रतिको दृष्टिकोणमा कुनै परिवर्तन नआएको माधवलाई लाग्छ। भन्छन्, ‘मनमोहन प्रधानमन्त्री हुनुभएको दुई दिनपछि मलाई खाना खाने गरी नै बोलाउनुभएको थियो। त्यस्तो नराम्रो केही पनि भएन। मनमोहनसँग मात्रै होइन, जति पनि नेतालाई समातेको छु कसैसँग पनि नराम्रो भएको छैन।’

‘एकपटक वामदेवलाई समात्दा पनि बर्दी नै च्यातिएको थियो। लाउडा काण्डमा गिरिजालाई समात्दा पनि त्यस्तै भयो। बर्दीमा लगाएको फुली त कति हरायो-हरायो। झलनाथ खनाललाई समात्दा त दुईवटै फुली लुछेका थिए। फुली भनेको त मान प्रतिष्ठा हो तर त्यो पनि सहन पर्दो रहेछ।’

मनमोहन अधिकारीको नौ महिने शासनकालमा पनि कांग्रेस-एमाले भिडन्तकै अवस्थामा हुन्थे। त्यतिबेला सडकमा दुई समूह भिड्दा माधव नपुगेको ठाउँ कमै छन्। 

गिरीजाप्रसाद कोइरालाको लाउडा काण्डका बेला एमालेका हरेक विरोध जुलुसमा माधव खटिएकै हुन्थे। एमालेको जुलुस चर्किंदै गएपछि गिरीजालाई ‘हाउस एरेस्ट’ गरेर राख्ने काममा पनि उनै माधव थिए। 

यसैले माधवका अनुभवमा छन्, गिरिजालाई हाउस एरेस्ट गरेको, माधव नेपाल समातेर ककनी पुर्‍याएको। बाबुराम भट्टराईलाई घेरेको, शुशील कोइराला, भक्तबहादुर श्रेष्ठ, झलनाथ खनाल, शेरबहादुर देउवा, केपी ओली, रामचन्द्र पौडेललगायत दर्जनौँ नेतालाई समातेको।

ओलीलाई समात्न जाँदा अस्पतालको कागज देखाएपछि हाउस एरेस्टमा मात्र राखेको माधव सम्झन्छन्। ‘हामी समात्न भनेर जाँदा उहाँले आफू बिरामी भएको मेडिकल कागज देखाउनुभयो। अनि भन्नुभयो- माधव हेर तिम्रो र मेरो त गाउँ एउटै हो नि, म बिरामी मान्छे बाहिर जान मिल्दैन।’ त्यसपछि मैले माथि आइजीसँग सल्लाह गरेर हाउस एरेस्टमा मात्र राखेको थिएँ। 

जेजस्तो अवस्थामा नेताहरूलाई पक्राउ गरेको भए पनि आफूले नराम्रो व्यवहार कहिल्यै नगरेको माधव सुनाउँछन्। यसैले सरकारमा जो गए पनि सडक आन्दोलनमा खटाउन गृहको पहिलो रोजाइँमा माधव नै परिरहे। चाहे पञ्चायतमा होस् चाहे गणतन्त्रमा। 

०६२/०६३ को आन्दोलनका बेला माओवादी कार्यकर्ताले उनको घरमा नै ‘जनकारबाही’को प्रयास गरेको पनि हो। जनकारबाही गर्ने भन्दै घरको ढोकामा नारा लेख्ने बेला नै माधवले सबैलाई लखेटे। ‘माओवादीहरू मेरो ढोकामा तोडफोड गर्न ठूलो संख्यामा आएका थिए। जनकारबाही गर्ने भन्दै ढोकामा लेख्न लागेका बेला मैले भने- ल कसरी लेख्ने रहेछ लेख् त ! त्यसपछि उनीहरू जुलुश लगाउँदै गए,’  उनले सुनाए, ‘त्यसबेला जनकारबाहीको लागि नेतृत्व गर्दै आएको वाइसिएलको नाइके अहिले मेरो घरमा चिया खान आउँछ। भात खाएर घण्टौँ बस्छ। यसैले त मेरो कोहीसँग पनि सम्बन्ध बिग्रिएको छैन।’ 

000

माधवले अरुमाथि लाठी बर्साएका मात्रै होइनन्, आफूले पनि निकैको भेटेका छन्। कतिको थप्पड खाएका छन्, कतिले कपडा च्यातिदिएका छन्। कतिले ढुंगा हानेका छन्। उनलाई कामको सिलसिलामा भएका हरेक उतारचढावमा के गर्नुपर्छ भन्ने ज्ञान छ। अवस्था हेरेर निर्णय लिन सक्छन्, त्यसैले थप्पड खाएरै पनि धेरै पटक पछि हटेका अवस्था छन्।

‘अखिलको आन्दोलनमा एकपटक त मेरो गालामा एकतिरबाट रड पसाएर अर्कोतिरबाट निकालिदिएका थिए। त्यस्तरी कुटाइ खाएर रगतपच्छे हुँदा पनि मैले त्यसबेला लाठी चार्ज गरिनँ। किनभने त्यहाँ प्राय सांसदहरू पनि थिए। लाठि चार्ज गरेको भए उनीहरू पनि पर्थे र अवस्था झनै बिग्रन्थ्यो। त्यसैले टियर ग्यास हानेर भिड तितरबितर पारेँ। छिटो सही निर्णय लिन सकिएन भने त काम नै हुँदैन,’  एक प्रहरीमा हुनुपर्ने कौशलका बारेमा बारम्बार भन्छन्, ‘आन्दोलनमा खटिएको प्रहरीले छैठौँ इन्द्रीय चलाएर काम गर्नुपर्छ। समझ बलियो हुनुपर्छ। त्यही समझले नै आफू कुनै पनि आन्दोलनमा नचुकेको उनलाई लाग्छ।’

०३६ सालको आन्दोलनमा होस्, ०४६ मा होस् या २०६२/६३ मा माधवले हरेकपटक बयान दिनुपरेको छ। आन्दोलन दबाउने बेला प्रयोग हुने उनले अनेक आरोप खेप्नुपरेको छ। उनको कामको स्वभाव नै यस्तो थियो कि खटिएपछि काम पूरा गर्नैपर्छ भन्ने सोच बलियो हुन्थ्यो। 

यसैले त निर्धक्क भन्छन्, ‘लड्ने ठाउँमा अगाडि नै मै हुन्थेँ त अरु को जाओस् बयान दिन। कोठाभित्रै बसेर पुलिसिङ गर्ने जान्छ त बयान दिन ? म त बयान दिँदा-दिँदा थाकेको हुँ। बयान मेरा लागि नौलो होइन।’

बयान दिन बारम्बार जानु परे पनि आफूले मानव अधिकार उल्लंघन गरेर काम नगरेको उनी सुनाउँछन्। बयान दिने सन्दर्भमा २०६२/६३ को एउटा घटना भने उनलाई अलि बढी झस्काउने खालकै छ। जतिबेला उनी ६ महिना निलम्बनमा पनि परे। 

उनी सुनाउँछन्, ‘त्यतिबेला हाम्रो सिपाहीलाई भिडले मार्नै लागिसकेको थियो, अब त्यसमा लाठी चार्ज नगरेर के गर्ने त ? आन्दोलनकारीले सिसैसिसाले हानेका थिए। एउटा सिपाहीलाई ४०/५० जना मिलेर घोप्टो पारेर सिसाले हान्दा त्यहाँ लाठी चार्ज नगरेर के नमस्कार गर्ने त ? लाठी चार्ज गर्दा पनि छोडेका थिएनन्, एउटा फोटो पत्रकारले रोकेर मात्रै बचाउन सकिएको हो। गोलि चलाउनै पर्ने अवस्था भएको थियो। त्यो आन्दोलनमा त गोंगबुमा मात्रै होइन हरेक ठाउँमा गोलि चलेको थियो। हामीले अति भएपछि रबरको गोली चलाएको हौँ।’

०६२/०६३ को आन्दोलनमा खटिएका बेला त भात तीन दिनसम्म कुर्नुपरेको सम्झना पनि माधवसँग छ। प्राय समय त चाउचाउ बिस्कुटमा नै खटिएका थिए। 

व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनमा मात्रै होइन टोले झगडादेखि हृतिक रोशन काण्ड र इराक घटनापछि बिग्रिएको उपत्यकाको माहोल सम्हाल्ने काममा माधव लागिपरेका छन्। 

000

असईबाट भर्ना भएको मान्छे कसरी डिआइजी भइयो ? माधवले कहिल्यै सोचेकै थिएनन्। उनले १३ जना आइजीसँग काम गरे। भन्छन्, ‘सबैले आदर नै गरे, कुनै आइजीले तँ भनेर सम्बोधन गरेनन्।’

असई भएको दुई वर्षमा सई, त्यसको पाँच वर्षपछि ०४४ सालमा इन्स्पेक्टर भए। ०५२ सालमा नै डिएसपी र ०५८ सालमा एसपी भए। ०५८ मा एसपी भएर उनी सशस्त्र प्रहरीमा गएका थिए। ०६६ सालमा उनले अवकाश पाएका हुन्। 

सशस्त्रमा उनी रोजेर गएका होइनन्। त्यसबेला आइजी हुने भनेर रामकाजी वान्तवाको चर्चा थियो। त्यसैले रामकाजीले नै उनलाई फोन गरेर भने, ‘माधव म सशस्त्रमा आइजी भएर जाँदैछु। तिम्रो नाम पनि लेखेको छु, जानुपर्छ है।’ उनले रामकाजीको कुरा काट्न सकेनन्। तर, भोलिपल्ट कृष्णमोहन श्रेष्ठले आइजी बनेर फुली लगाए। हुन्छ, भनेर गइसकेको जागिरमा माधव फर्कने कुरा पनि भएन। 

त्यसबेला प्रहरीभित्रको राजनीतिले एसपीको पहिलो नम्बरमा हुनुपर्ने आफू चौथो नम्बरमा पुगेको माधव बताउँछन्। त्यसैले उनले राजीनामा दिएर हिँडेका थिए। भन्छन्, ‘मलाई जागिरको माया छैन आफ्नो प्रतिष्ठा नै गिर्ने गरी जागिर खाइँदैन भन्दै राजीनमा दिएको थिएँ। आइजीले नै योपटक थाहा पाइनँ एसएसपी हुने बेला कभर गर्छु भनेर बोलाएपछि होस् न त भनेर फेरि जागिरमा गएँ।’

000

माधवले १० वर्षे सशस्त्र द्वन्द्वका बेला पनि भुल्नै नसकिने क्षणहरू भोगेका छन्। एम्बुसमा परेर बाँचेका छन्, दोहोरो भिडन्तका इलाकामा छिरेका छन्। 

२०५६ सालमा धादिङमा आफूहरूलाई थापिएको बमका टुक्रा त अहिले पनि माधवले घरभित्र सजाएर राखेका छन्। 

एम्बुसमा कसरी परिएको थियो भन्ने सुनाउँदा माधवका रौँ ठाडा हुन्छन्। 

त्यतिबेला माओवादीले धादिङमा कार्यक्रम गर्दैछ भन्ने सूचना प्रहरीमा आयो। माधवको टोली बिहान चार बजे नै खटियो धादिङका लागि। टोड्केको घुम्तिनेर पुगेपछि स्थानीय प्रहरीले सुनाए, ‘सर अगाडि एम्बुस हुन सक्ने खतरा बढी रहन्छ।’ 

माधवको उत्तर थियो, ‘हाम्रो गाडी अगाडि बढाउँछौँ। तपाईंहरू ग्याप मिलाएर पछाडि आउनुहोस्।’

युद्धका बेला माधवको सिद्धान्त थियो- आफ्नो नेतृत्वमा हुँदा पहिला आफै अगाडि बढ्ने। फुली कसैले नलगाउने। सबैले समान दर्जाको पोशाक लगाउने। उनी भन्छन्, ‘आफूसँगै रहेका सिपाहीले अफिसर भनेर चिनिहाल्छ, अरुले थाहा नपाएकै राम्रो हुन्छ। अरु साथीहरू जस्तो फुली ढल्काएर मैले कहिल्यै हिँडिनँ। सबैसँग उस्तैगरी राइफल बोकेर हिँडेँ।’ 

त्यतिबेला टोड्केको घुम्तिबाट माधवको गाडी कट्नेवित्तिकै एम्बुस पड्किहाल्यो। बीचमा रहेका पाँचै जनाको ज्यान गयो। त्यहाँबाट अगाडि बढेपछि पनि च्याढुङमा उनीहरूको गाडी बममुनि परेर पल्टियो। तर कसैलाई केही भएन। 

पुराना दिन सम्झँदै माधव सुनाउँछन्, ‘दोहोरो भिडन्त त कति भयो-भयो। साँखु भन्दा माथि नाङ्लेभारे भन्ने ठाउँमा सइको कमाण्डमा थाना थियो। त्यसबेला माओवादीले त्यहाँ आक्रमण गरेका थिए। प्रदिप समशेर राना आइजीले हामीलाई मद्दतका लागि पठाउने भए। काठमाडौंबाट ७ वटा टोली घटनास्थलफर्त खटिए। तर, त्यहाँ कोही पुग्न सकेनन्। रमेश खरेल र मेरो टोली मात्रै पुगेको थियो। बाटोभरी माओवादीले एम्बुस थापेर बम राखेका थिए। हामी भने नगरकोटतिरबाट घुमेर गएका थियौँ। त्यहाँ अपरेशन गरेर राति हामी ५ बजेतिर फर्केका थियौं।’ 

३० वर्षसम्म अपरेसनको अग्रपंक्तिमा रहेर काम गरेका उनै माधव अहिले पनि सुरक्षा निकायलाई नजिकबाट नियालिरहेका छन्। टेलिभिजन, अनलाइन तथा पत्रपत्रिकामा सुरक्षा निकायका समाचार आउने बित्तिकै उनी चासोका साथ पढ्ने गर्छन्। र, दाँज्छन् त्यसबेलाको पुलिसिङ र अहिलेको पुलिसिङ। अनुसन्धानको मेरुदण्ड मानिने सूचना संकलनमै सुरक्षा निकाय चुकेको देख्दा उनको मन कटक्क खान्छ।

‘हामीले त्यस्तो परिस्थितीमा कसरी काम गरेका थियौं। कसरी सूचना संकलन गरिन्थ्यो ? सरकारले प्रतिबन्ध गरेका पार्टीका नेताको सूचना कति छिट्टै आउँथे। प्रतिबन्ध रहेको कांग्रेसले बनारसमा के निर्णय गर्‍यो ? यी सबै सूचना हाम्रो इन्टेलिजेन्सले ल्याउँथ्यो,’ त्यसबेलाको घटनालाई अहिले दाँज्दै माधव थप्छन्, ‘सिंहदरबार नजिकै बम पड्कँदा हाम्रो सुरक्षा निकायले सञ्चारमाध्यमार्फत थाहा पाउनुपर्ने स्थिति आयो। बलियो हुनुपर्ने इन्टेलिजेन्स यतिसम्म कमजोर बन्या।’

सुरक्षा निकायका नराम्रो समाचारले मन दुःखे पनि माधव अहिले केही गर्नसक्ने अवस्थामा छैनन्।

मात्र समाचार पढ्छन्। र, मनमनै भन्छन्, ‘ए यस्तो गर्नुपर्ने प्रहरी त्यहाँनेर चुकेछ। हुन त उसलाई पनि धेरैतिरबाट दवाव थियो होला। सबैतिर राजनीतिले गिजोलेपछि यस्तै हो। आ... होस्, बेकारको टेन्सन।’

भिडियो 

प्रकाशित मिति: आइतबार, साउन १९, २०७६  १८:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव शनिबार, असार २८, २०८२
इटाली पहिलोपटक टी–२० विश्वकपमा, युरोप रिजनलबाट नेदरल्यान्ड्स पनि छनोट शुक्रबार, असार २७, २०८२
पूर्वराजाका संवाद सचिव पाठक रिहा शुक्रबार, असार २७, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
प्रधानमन्त्रीको प्रश्न : विकास आयोजनामा लापरबाही गर्नेलाई कारबाही गर्ने कि नगर्ने ? शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय प्रमुखसँग प्रहरीको सोधपुछ शुक्रबार, असार २७, २०८२
च्यासललाई ललकार्ने र च्यासलबाट ललकार्ने तरिका बन्द गर्न योगेशको आग्रह शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्