काठमाडौं- यस वर्षको विपी साहित्य सम्मान पुरस्कार वरिष्ठ साहित्यकाकार तिल विक्रम नेम्वाङ ‘वैरागी काइला’लाई दिने निर्णय गरिएको छ।
वीपी कोइराला स्मृति ट्रस्टले प्रत्येक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष वरिष्ठ साहित्यकार बैरागी काइलालाई प्रदान गर्न लागिएको हो। साथै प्रति वर्ष प्रदान गर्ने सेनानी सम्मान पुरस्कार मधुकान्त सिंहलाई प्रदान गर्न लागिएको छ।
प्रजातन्त्र स्थापनाको लागि सिंहले योगदान पुर्याएका थिए। उनी सप्तरी निवासी हुन्।
वैरागी काइलाले प्राप्त गर्ने पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ भने सिंहले ५१ हजार राशीको पुरस्कार प्राप्त गर्नेछन्। ट्रस्टका सदस्यत्रय डा ध्रुवचन्द्र गौतम,शुशिलमान शेरचन र पुर्षोत्तम बस्नेतले उक्त पुरस्कारका लागि व्यक्ति छनोट गरेका हुन्।
वीपी जयन्तीको अवसर पारेर उक्त पुरस्कार भदौ २४ मा हस्तान्तरण गरिने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।