काठमाडौं- रमेश सायनको संस्मरणात्मक निबन्ध 'छुटेका अनुहार'लाई २०७५ सालको पद्मश्री साहित्य पुरस्कार प्रदान गरिने भएको छ।
यस्तै पद्मश्री साधना सम्मान भने इतिहासविद् डा महेशराज पन्तलाई प्रदान गर्ने खेमलाल हरिकला लामिछाने प्रतिष्ठानद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। दुवै पुरस्कारको राशी २ लाख रुपैयाँ रहेको छ।
प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यका वर्षभरि प्रकाशित पुस्तकमध्ये निर्णायक मण्डलले उत्कृष्ट ठहर्याएको एक कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।
दुवै पुरस्कार आउँदो कोजाग्रत पूर्णिकाका दिन प्रदान गरिनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।