बर्मा- म्यान्मारमा रहेका नेपालीभाषी महिलाले नाचगान र मन्दिरमा पूजा गरी तीज पर्व मनाएका छन्।
यान्गुनस्थित नेपाली दूतावासले तीजका अवसरमा नेपालीभाषी महिलालाई दूतावासमा निम्त्याएर दर खाने कार्यक्रम पनि राखेको थियो।
कार्यक्रममा ४ सयभन्दा बढी नेपालीभाषी म्यान्माली महिलाको सहभागिता थियो। नेपालमा रेकर्ड गरिएका नेपाली गीतबाहेक त्यहाँ रेकर्ड गरिएका नेपाली गीतमा पनि उनीहरुले नाचगान गरेका थिए।
यसैगरी, म्यानमारकै तमुमा पनि नेपालीभाषी महिलाले तीज मनाएका छन्। चउरमा जम्मा भइ नेपाली गीतमा उनीहरूले नाचगान प्रस्तुत गरेका थिए।
म्यान्मारमा एक लाखभन्दा बढी नेपालीभाषी छन्। नेपालीभाषीले म्यानमाभर करीब चार सय मन्दिर स्थापना गरेका छन्।
म्यानमारमा तीज मनाइएका केही तस्बिर हामीले संकलन गरेका छौं।
.jpg)




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।