• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार १८, २०८२ Wed, Jul 2, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
मुखर्जी अनुभव मनन गर्ने कि!
64x64
नेपाल लाइभ शुक्रबार, भदौ २७, २०७६  ११:२२
1140x725

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीले केही दिनअघि कानुनको कार्यान्वयन सफल बनाउन विधेयकको मस्यौदामाथि सार्वजनिक परामर्श तथा बहस आवश्यक हुने बताए। कानुनको मस्यौदा तयार गर्ने जिम्मेवारी जनप्रतिनिधिलाई मात्र नरहेको उनको अभिव्यक्तिको निहितार्थ थियो। 

‘भारत करिब सवा अर्ब जनसंख्या भएको देश हो। सांसद्को विचार/विवेक पर्याप्त हुन्थ्यो भने हामीले आरटिआई कानुन त्यस्तो पाउनुपर्ने थिएन,’ उनले भनेका थिए, ‘संसद्ले पारित गर्ने सबै विधेयक नागरिकलाई मान्य हुन्छन् भन्ने छैन।’ मुखर्जीको टिप्पणी भारतको माथिल्लो सदन राज्यसभाद्वारा केही दिनअघि मात्र पारित भएको सूचनाको अधिकारसम्बन्धी विधेयक(संशोधन) २०१९ प्रति लक्षित थियो। 

आरटिआई विधेयकले केन्द्रीय र राज्यस्तरका सूचना अधिकारीको तलब र सेवासुविधालगायतका सर्तका बारेमा व्याख्या गरेको छ। भारतीय संसद्को विपक्षी दलले उक्त विषयमा सरकारको तीव्र आलोचना गरेको थियो। नेपालमा नेकपाको जस्तै भारतमा पनि भाजपाको करिब दुई तिहाइ मतसहितको बलियो सरकार छ। केन्द्र सरकारले पर्याप्त विचारविमर्श नगरी हचुवाका भरमा विधेयक पारित गर्दै आएको छ। त्यसको मूल्य समग्र राज्यले चुकाउनु परिरहेको छ।

पूर्वराष्ट्रपति मुखर्जीले एउटा अनुभव सुनाउँदै विगतसमेत स्मरण गरेका थिए। ‘संयुक्त प्रगतिशील सरकारको कार्यकालमा म विदेशमन्त्री थिएँ। विदेशमै रहँदा एक पत्रकारले अन्तर्वार्ताका क्रममा सोधे– संसदीय लोकतन्त्रमा कानुन बनाउन संसद् र विधानसभाको विशेष अधिकार हुन्छ तर तपाईंले कसरी आम नागरिकसँग कुराकानी गर्न सक्नुहुन्छ, जो संसद् वा विधानसभाका सदस्य पनि छैनन्?’ मुखर्जीले त्यति बेला दिएको जवाफ उद्धृत गर्दै भने, ‘कानुन सफल बनाउने हो भने त्यसलाई संसद्का करिब ७ सय ८० जना र २९ विधानसभाका करिब ४२ सय सदस्यको विवेक र ज्ञानमा मात्र सीमित राख्नु हुँदैन।’ 

मुखर्जी भारतको सत्ता इतिहासमा करिब ३ दशक सांसद र मन्त्री बनेका संसदीय अभ्यासमा परिपक्क व्यक्ति मानिन्छन्। उनले भारतीय सन्दर्भमा व्यक्त गरेको धारणा भारतका लागि मात्र नभई नेपालका लागि पनि सान्दर्भिक बन्न पुगेको छ अहिले। 

नेपालको संघीय संसदमा प्रस्तुत गरिएको भूमिसुधार आठौ संशोधन विधेयकलाई भाद्र ३ गते मंगलबार सत्तापक्षकै सांसदले परिमार्जन गरेर मात्रअघि बढ्न आवश्यक औँल्याए। जग्गा कारोबार गर्ने दलालका हकमा विधेयक सचेत नरहेको सांसदहरूको गुनासो मिश्रित सुझाव थियो। उनीहरूले 'व्यापारी र दलाललाई मात्र फाइदा हुने गरी विधेयक आएको भन्दै सरकार सचेत बनोस्' भनी आग्रह गरेका थिए।

अव्यवस्थित बसोबासका लागि जग्गा प्रयोग गर्न अनुमति दिँदा तत्कालका लागि समस्याको समाधान भए पनि दीर्घकालीन हुँदैन।

सत्तापक्षकी सांसद यशोदा गुरुङ सुवेदी र कृष्णप्रसाद दाहाललगायतले बुँदागत रुपमा परिमार्जनका लागि सुझाव पेस गरेका थिए। तर उनीहरुले सुझाव राखेको केही क्षणमा विधेयक बहुमतले पारित गर्‍यो। समितिमा राखिएका केही संशोधनका बुँदालाई समेटेर विधेयक पारित भएको घोषणा गरिएको जानकारी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले संसदलाई जानकारी गराइन्। त्यस क्रममा उनले सांसदका सुझावलाई भनाइ र गराइमा अन्तर हुने जवाफसमेत दिइन्। उनले भनिन्, ‘सरकारले सुझावलाई मनन गर्नेछ। संविधानमा उल्लेख भएका तीन तहका सरकारको जिम्मेवारीलाई विश्वास गरेर अघि बढिनेछ।’ 

सो विधेयक पारित हुनुभन्दा केही समयअघि मात्र सत्तापक्षका सांसदले राखेका धारणाअनुसार अव्यवस्थित बसोबासका लागि जग्गा प्रयोग गर्न अनुमति दिँदा तत्कालका लागि समस्याको समाधान भए पनि दीर्घकालीन हुँदैन। यसबाट के बुझ्न सकिन्छ भने सर्वपक्षीय छलफल बिना नै विधेयक पारित भएको थियो।

यो विधेयकले त्यही संसदले बनाएको वन तथा वातावरण ऐनलाई समेत बेवास्ता गरेको देखिएको छ। हचुवाका भरमा जग्गा वितरण गर्ने गरी विधेयक आउनुले समस्याको समाधान नहुने सत्तापक्षकै सासंदको सुझाव थियो। नेकपा सांसद छक्कबहादुर लामाले समाजको अध्ययन, अनुसन्धान बिना नै विधेयक पारित गर्नु उचित नहुने राय राखेका थिए। तर कुनै सुनुवाई भएन। विधेयक पारित भयो। 

नेपाली कांग्रेसकी सासंद पुष्पा भुसालले अव्यवस्थित बसोबास रहेका जग्गा १० वर्षमा बिक्री गर्न पाउने गरी वितरण गर्नु आपत्तिजनक भएको बताइन्। सत्तापक्षकै सासंदको सुझाव सुनुवाई नभएका बेला प्रतिपक्षको सुझाव ग्रहण गर्ने धैर्य सरकारसँग थिएन। सासंद सरिता गिरीले त झन् संविधानको मूल मर्मलाई विधेयकले खिल्ली उडाएको विचार संसदमा राखेकी थिइन्। सुकुम्बासीलाई जग्गा वितरण गरेर भोटको राजनीति नगर्न दुई तिहाईको सरकारलाई उनले सुझाइन्। उनको सुझाव सभामुखले पनि नबुझेजस्तै गरी पूर्व निर्धारित तालिका अनुसार विधेयक पारित गराउने प्रक्रिया अघि बढाए।

सत्तापक्षको कार्यशैलीबाट निराश जनतालाई विपक्षले आशाको संचार गर्न ध्यान दिनुपर्ने हो। तर यहाँ त जनताप्रति न सत्तापक्ष जिम्मेवार देखिन्छ न त प्रतिपक्ष नै। 

यसरी जनमतको भावनालाई कुल्चिएर शासन गर्ने नै हो भने देशमा लोकतन्त्रको अभ्यास भइरहेको छ, भनेर कसरी विश्वास गर्ने? सत्तापक्षले आफ्ना कार्यक्रम बहुमतका आधारमा संसदबाट पारित गरिरहँदा विपक्षले जनतामा जाने चेतावानी दिनु पर्ने हो। सत्तापक्षको कार्यशैलीबाट निराश जनतालाई विपक्षले आशाको संचार गर्न ध्यान दिनुपर्ने हो। तर यहाँ त जनताप्रति न सत्तापक्ष जिम्मेवार देखिन्छ न त प्रतिपक्ष नै।

संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट उपसिमिति बनाएर चिकित्सा शिक्षा विधेयकको तयारी गरिरहेको सरकारले  उक्त विधेयक पनि बहुमतका आधारमा पारित गर्ने संकेत देखा परिसकेको छ। विधेयकका बारेमा कांग्रेसले जनस्तरमा छलफल चलाउन सकोस् भन्ने अपेक्षा आम जनसमुदायको छ। अन्यथा भूमि विधेयकजस्तै सरकारले तालिकामा राखेर आफूले चाहे जसरी पारित गराई छाड्नेछ। संविधानमै समाजवाद उन्मुख भनेर लेखिएको छ। तर संविधान र आफैले चुनावमा जाँदा बनाएको घोषणापत्रका विषय सम्बोधन र अभ्यास गर्ने सरकार चुक्दै गएको छ। 

संसदीय अभ्यासमा सरकारलाई विपक्षले काबुमा राख्ने भनेको संसदका कामकारबाहीबाट मात्र हो। तर संसदमा विपक्षी कांग्रेस औपचारिक भूमिका निर्वाह गर्न मात्र सीमित छ।

संसदमा विपक्षी नेपाली कांग्रेसको भूमिका सन्तेषाजनक छैन। भूमिसम्बन्धी विधेयक मात्र नभएर  पारित हुने तयारी अवस्थामा रहेका मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि विधेयक, विज्ञापन विधेयकलगायतका एकतर्फी बलका आधारमा ल्याएका विधेयकमा विपक्षी कांग्रेसको भूमिका संसदीय मर्यादा अनुरुप शसक्त बन्न सकेको देखिँदैन। 

विधेयक पारित हुने दिन संसदमा कांग्रेस सासंसदको उपस्थिति नगण्य देखिने गरेको छ। संसदीय अभ्यासमा सरकारलाई विपक्षले काबुमा राख्ने भनेको संसदका कामकारबाहीबाट मात्र हो। तर संसदमा विपक्षी कांग्रेस औपचारिक भूमिका निर्वाह गर्न मात्र सीमित छ।

कांग्रेसले आफ्ना सुझावलाई बहुमतको सरकारले बेवास्ता गरे जनता समक्ष ल्याएर प्रस्तुत गर्नु पर्ने हो, तर चुकिरहेको छ। संसदीय अभ्यासमा विवेकको मत प्रयोग गर्न कमजोर कांग्रेसले जनमतको भरोसालाई नजरअन्दाज गरेको भान हुन थालेको छ। दलमा गुटगत संरचनाको भागबण्डामा अल्झिएको कांग्रेस विपक्षको भूमिकामा समेत मुर्झाएको देखिन थालेको छ।

संसदीय अभ्यासमा विवेकको मत प्रयोग गर्न कमजोर कांग्रेसले जनमतको भरोसालाई नजरअन्दाज गरेको भान हुन थालेको छ।

भारतका पूर्वराष्ट्रपति मुखर्जीको अनुभव र सुझाव मनन गर्ने हो भने हामीकहाँ अझै लोकतान्त्रिक अभ्यास हुन सकिरहेको छैन। एकपटक मतदान गरेपछि जनता 'रैती' बन्न बाध्य छन्। सत्तापक्ष नियतले चल्नु स्वाभिवक होला। तर प्रतिपक्षले नीतिलाई बेवास्ता गरेर नियतले चले लोकतन्त्र पनि शिशु प्रजातन्त्रकैं गतिमा नपुग्ला भन्न सकिन्न। यस्तो अवस्थामा जनताले वैकल्पिक शक्ति वा व्यवस्थाका लागि संगठित हुनु अन्यथा नहोला। संसदीय अभ्यासमा अभ्यस्त दाबी गर्ने कांग्रेसले आफ्नो भूमिका किन भुलेको?

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०७६  ११:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत
सम्बन्धित सामग्री
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको सेतो दुबी भन्नाले छालामा देखा पर्ने एक प्रकारको सेतो दाग अथवा धब्बा भन्ने बुझिन्छ ।  विश्वको पछिल्लो सर्वेक्षण अनुसार प्रत्येक एक सय... बुधबार, असार ११, २०८२
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ताजा समाचारसबै
कुलिङ पिरियडमा कानुन मन्त्रालयले हेरफेर गरेको समिति सभापति खतिवडाको दाबी मंगलबार, असार १७, २०८२
नेपाली टोली समावेश अस्ट्रेलियाको टप एण्ड टी ट्वान्टीमा पाकिस्तान र बंगलादेश ‘ए’ टिम पनि खेल्ने मंगलबार, असार १७, २०८२
गठबन्धनबारे अब धेरै विकल्प छैनन् : प्रवक्ता महत मंगलबार, असार १७, २०८२
असार २३ सम्म शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी मंगलबार, असार १७, २०८२
प्रतिपक्षी दल सहभागी नभएपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्