काठमाडौं- गत सेप्टेम्बरबाट अष्ट्रेलियाको जंगलमा लागेको आगोमा परी घाइते जनावर उद्धारका लागि विभिन्न अभियानहरू सञ्चालनमा ल्याइएका छन्।
अष्ट्रेलियाली वन विभागका अनुसार सो आगलागीमा परी अहिलेसम्म करीब ५० करोड जनावरको मृत्यु भइसकेको छ।
५ महिनादेखि लागेको डँढेलोमा परी ती जनावरहरूको मृत्यु भएको हो।
वन्यजन्तु प्रेमी स्टीभ इरभिनको परिवारले कयौं जनावरलाई नयाँ जिवन प्रदान गरेका छन्। उनीहरूले करीब ९० हजार जनावरको उद्धार गरिसकेको पाइएको छ।
अष्ट्रेलियाली वन विभागका अनुसार सो आगलागीमा परी प्रतिहेक्टर करीब १ सय ७० जनावरको मृत्यु भएको पाइएको छ। अष्ट्रेलियाको करीब ८३ हजार ७ सय ८९ वर्ग किलोमिटर क्षेत्रफल जलेको छ।
फायर फाइटर्स र जीवजन्तु संरक्षणका लागि खोलिएका संस्था पनि दिनरात नभनी उद्धारमा खटिइरहेका छन्। विभिन्न संघ संस्थाले जनावर उद्धारका लागि अभियान पनि चलाइरहेका छन्।
यसैबीच सो आगलागीमा परी करीब १७ लाख स्तनधारी जनावरको मृत्यु भइसकेको छ भने यतिकै संख्यामा सर्प र सरिसृपको पनि मृत्यु भएको छ। अहिलेसम्म करीब २० लाखभन्दा बढी जनावरहरू अस्पतालमा भर्ना भएका छन्। पछिल्लो २ सय वर्षमा अष्ट्रेलियामा करीब ३४ प्रजातिका जीवजन्तुहरू लोप भइसकेका छन्।
.jpg)
.jpg)
.jpg)
.jpg)















.jpg)





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।