काडमाडौं- काठमाडौंको टुँडिखेलमा बुधबार माघ १ का अवसरमा माघी र सकराती पर्व मनाइएको छ। थारु समुदायले माघी र मगर समुदायले सकराती धुमधामका साथ मनाएका हुन्।
थारु समुदायले ‘माघी महोत्सव’ गरेका थिए। यो समु्दायमा पनि माघी पर्वलाई नयाँ वर्षको रुपमा पनि मनाउने गरिन्छ । महोत्सवमा थारु समुदायले आफ्नो संस्कृति झल्कने पहिरनमा सजिएर विभिन्न नाचगानसहित रमाइलो गरी मनाएका थिए। महोत्सवमा थारु संस्कृति भल्कने घाटो, सामा चकेवा, झम्टा, थारु लगायतका नाचको प्रदर्शनी गरेका थिए ।
महोत्सवमा थारु जातिका विभिन्न खानाका परिकार राखिएका थिए। माघीमा विशेषगरी खिचडी, अनदीको रोटी, चामलको पिठोबाट बनाइएको ढिक्री, मेवाको अचार, सुँगुरको मासु, घुँघी लगायतका परिकार खाने प्रचलन छ।
त्यस्तै, मगर समुदायले पनि आफ्नो सांस्कृतिक र ऐतिहासिक महत्वको रुपमा माघे सकराती पर्व मनाएका छन् । मगर समुदायमा आफ्ना छोरी चेलीको पूजा गरी आशीर्वाद तथा दक्षिणा दिने चाडका रुपमा समेत सकराती मनाउने गरिन्छ। कार्यक्रममा मगर समुदायको मौलिक नृत्य हुर्रा, कौरा, मारुनी, भ्यउरे, टम्पा र सालैज्यू लगायतका नाचहरु र झाँकी समेत प्रस्तुत गरिएका थिए।
यसैगरी किरातको प्रतिनिधित्व गर्दै किरात यायोक्खाले माघे सकरातीको अवसरमा राष्ट्रिय सभा गृहमा कार्यक्रम गरेको थियो। सो कार्यक्रममा यले सम्वतको महत्व र औचित्यको बारेमा प्रकाश पारिएको थियो।
यसैबीच सो कार्यक्रममा किरात राई जातिको आफ्नो वेशभूषा र खानपानको प्रदर्शन पनि गरिएको थियो।
तस्वीरहरू
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।