डडेल्धुरा- आज माघ २ गते अर्थात् विस १९९० मा महाभूकम्प गएको दिन।
यस दिनको स्मरणमा ‘भूकम्पबाट सुरक्षित पूर्वाधार दिगो, सुख र समृद्धिको आधार’ भन्ने नाराका साथ २२ औं भूकम्प सुरक्षा दिवस मनाइयो।
डडेल्धुरामा २२ औँ भुकम्प सुरक्षा दिवसको अवसरमा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी स्वरुप प्रयोगात्मक अभ्यास गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति डडेल्धुराद्वारा आयोजना गरिएको सो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीद्वारा नमुना प्रर्दशन गरिएको हो।
प्राकृतिक विपत्तिअन्तर्गत भूकम्प, बाढी पहिरो, आगलागी, सडक दुर्घटनाजस्ता विपदका बारेमा खोज तथा उद्धार पूर्व तयारीस्वरुप विपद जोखिम पूर्वतयारीको प्रयोगात्मक अभ्यास गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेले बताए।
तस्बिरहरू:










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।