काठमाडौं- काठमाडौंमा विगत २४ घण्टा निरन्तर वर्षा भएको छ। बिहीबार साँझदेखिको निरन्तर वर्षा शुक्रबार अबेर साँझ रोकिएको छ।
पश्चिम न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यकासहित देशैभर बदली र वर्षा भएको हो। मौसमी प्रणालीले देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात भएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाको पछिल्लो विवरणअनुसार शुक्रबार काठमाडौंमा ४८ मिलिमिटर वर्षा भएको छ। मौसमविद् सजिना शाक्यले शुक्रबार रातिसम्म पश्चिमी न्यून चापीय प्रणाली कमजोर भई शनिबारदेखि मौसममा क्रमिक सुधार आउने बताइन्। काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलव ८ र अधिकतम तापक्रम ९ डिग्री सेल्सियस रहेको छ।
वर्षाका कारण उपत्यकाबासीको जनजीवन प्रभावित बनेको छ।
तस्वीरहरू:
.jpg)
.jpg)
.jpg)
.jpg)




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।