काठमाडौं- साँघुरिएको टुँडिखेलको विगतदेखिको अवस्था झल्कने गरी शनिबार ‘अकुपाइ टुँडिखेल’ अन्तर्गत खुलामञ्च बाहिर तस्बिर प्रदर्शनी गरियो। विभिन्न समयमा सरकारी तथा निजी अतिक्रमणका कारण साँघुरिँदै गएको टुँडिखेलको स्वतन्त्रता खोजी तस्बिर प्रदर्शनीमार्फत गरिएको थियो।
जनस्तरबाट आफ्नो दायित्वको आत्मबोध गरी जनप्रतिनिधिहरूलाई समेत आफ्नो दायित्वबोध गराई टुँडिखेलको संरक्षण तथा खुल्ला क्षेत्रको महत्व उजागर गर्न गएको कात्तिक २३ गतेदेखि हरेक शनिबार कार्यक्रम भइरहेका छन्।
मानव साङ्लोबाट सुरु भएको कार्यक्रम दोस्रो हप्ता ऐतिहासिक खरिको बोट पुनस्र्थापना, तेस्रो हप्ता साहित्यिक सम्मेलन, चौथो हप्ता सम्पदाका महत्व र त्यसमा देखिएका विकृति प्रतिबिम्बित गर्ने सम्पदा लडाई नामक पुस्तक बारे छलफल, पाँचौं हप्तामा खेलकुदको दृष्टिकोणले टुँडिखेलको महत्व झल्काउने कार्यक्रम भएको थियो।
यस्तै छैठौँ हप्तामा खुला मञ्चमा जनताको डोजर लगेर सरसफाइको थालनी, सातौं हप्तामा खुलामञ्चको कथाव्यथा बारे प्रकाश पार्ने कार्यक्रम, आठौं र नवौं हप्तामा खुलामञ्चमा चित्र निर्माण गरी जनचेतना अभिवृद्धि गर्ने र दशौं हप्तामा वडा नं २८ को नेतृत्वमा खुला मञ्चको गरिमालाई कायम राख्न पार्किङ्ग निषेध गरिने सूचना टास्ने काम गरिएको थियो।

अनन्तकालदेखि संरक्षण गर्दै प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, राजनैतिक, सामाजिक स्वन्त्रताको प्रत्याभूत गरीरहेको टुँडिखेल क्षेत्रमा अहिले बसपार्क, अनधिकृत अतिक्रमण, अनधिकृत पसल संचालन, अनधिकृत पार्किङ्ग, भवन बनाउने सामान र कामदार बस्ने ठाउँ तथा ढलान गर्ने कार्य गरी मासिँदै गएको छ।
यसपटकको तस्बिर प्रदर्शनी कार्यक्रममा ऐतिहासिक महत्व, विपद्को सारथी, साघुँरिँदो खुला ठाउँ- पहिले र अहिले, खुला ठाउँको महत्व, निस्सासिएको शहर र आहा क्या राम्रो काठमाडौं जस्ता विषयहरु प्रदर्शनिमा समेटिएका थिए।
टुँडिखेलको पहिलेदेखिको अवस्था झल्कने केही तस्बिर :
जंगबहादुर राणको समयमा धरहराबाट सहिदगेटदेखि सिंहदरबारसम्म देखिएको टुँडिखेलको खुला ठाउँ। तस्बिर सौजन्य- इमेज अफ अ सेन्चुरी
१९९२ मा धरहराबाट सहिदगेटदेखि सिंहदरबारसम्म देखिएको टुँडिखेलको खुला ठाउँ। तस्बिर सौजन्य- इमेज अफ अ सेन्चुरी
सन् १९२४ नोभेम्बर २८ मा दास प्रथा उन्मुलन गर्न आयोजित घोषणा सभा।
तस्बिर सौजन्य– इमेज अफ अ सेन्चुरी
सन् १९२४ नोभेम्बर २८ मा दास प्रथा उन्मुलन गर्न आयोजित घोषणा सभा।
तस्बिर सौजन्य- इमेज अफ अ सेन्चुरी
१९९० को भूकम्पमा टुँडिखेल खरीको बोटबाट राहत घोषणा गर्दै तत्कालीन प्रधानमन्त्री जुद्ध सम्शेर। तस्बिर सौजन्य– इमेज अफ अ सेन्चुरी
बिस २०७२ वैशाख १२ को भूकम्पपछि टुँडिखेलमा बसेका प्रभावित। तस्बिर– अन्नपूर्ण पोस्ट
धरहराको आँगनमा खुलेको टुँडिखेल। तस्बिर– श्रीधर लाल मानन्धर
अहिले खुलामञ्चको अवस्था। तस्बिर– अनिल मण्डल
घण्टाघरको अगाडि रानीपोखरी। तस्बिर– नेपाल फोटो लाइब्रेरी
उहिलेको टुँडिखेल। तस्बिर– नेपाल फोटो लाइब्रेरी
दरबारमार्गबाट देखिएको हिमाल। तस्बिर– एलन फेयरबान्क (नेपाल फोटो लाइब्रेरी)
खुला ठाउँले भरिएको उपत्यका। तस्बिर- कार्ल होस्टिका (नेपाल फोटो लाइब्रेरी)
२०७२ को भूकम्पअघि धरहराबाट सहिदगेटदेखि सिंहदरबारसम्म देखिएको टुँडिखेल। तस्बिर- विजय लक्ष्मी चौधरी
खुलामञ्चको एक दृश्य। तस्बिर- मिनरत्न बज्राचार्य
खुलामञ्चको एक दृश्य। तस्बिर- विकास रौनियार
खुलामञ्चमा एक साँस्कृतिक कार्यक्रम। तस्बिर- विकास रौनियार
२०७२ को भूकम्पमा सैनिक मञ्चअगाडि जम्मा भएका मानिस। तस्बिर- सागर क्षेत्री.jpg)
टुँडिखेलको खुम्चँदो स्वरुप।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।