काठमाडौं- सरकारले रानीपोखरी पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएपछि प्राधिकरणले काम सुरु गरेको छ।
रानीपोखरी, बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रका पुरातात्विक संरचनाको पुनर्निर्माणसम्बन्धी सबै काम प्राधिकरणले गर्ने गरी जिम्मेवारी लिएको हो।
सुरुमा काठमाडौं महानगरपालिकालाई रानीपोखरी पुनर्निर्माण गर्ने जिम्मा दिइएको थियो।
तर महानगरले काम अघि बढाउन नसकेपछि प्राधिकरण आफैंले जिम्मा लिएर काम अघि बढाएको हो।
२०७२ बैशाख १२ गतेको भूकम्पका कारण भत्किएको रानीपोखरी पुनर्निर्माणका विषयमा विवाद हुन काम सुस्ताएको थियो।
प्रताप मल्लले रानीपोखरी बीचमा बालगोपालेश्वर र चारैतिर चारवटा मन्दिर स्थापना गर्न लगाएको इतिहासमा उल्लेख छ।
मल्लकालीन यो मन्दिरलाई जंगबहादुर राणाले बेलायत भ्रमणपछि गुम्बज शैलीमा पुनर्निर्माण गराएका हुन्।
१९९० साल पनि रानीपोखरी भत्किएको थियो। त्यतिबेला मन्दिरको गजुर भत्केपछि जुद्धशमशेरले रानीपोखरी पुनर्निर्माण गराएका थिए।
हेरौं केही तस्बिर
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।