काठमाडौं- पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रीका दिन सहज, सुरक्षित र छिटो दर्शन गराउने कामलाई प्रभावकारी बनाएको बताएको छ।
यही फागुन ९ गते शुक्रबार त्रयोदशीका दिन पर्ने महाशिवरात्री पर्वमा पशुपति क्षेत्रमा दर्शन गर्न आउने भक्तालुहरुलाई व्यवस्थित रुपमा दर्शन गराउने कार्यलाई प्रभावकारी बनाइएको कोषले बताएको छ।
भक्तालुहरुलाई सहज, सुरक्षित र छिटो दर्शन गराउन सहयोग गर्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको संयोजकत्वमा गठन भएको १ सय ११ सदस्यीय महाशिवरात्री व्यवस्था मूल समिति-२०७६ अन्तर्गत ११ वटा उपसमितिहरु गठन गरिएको छ।
उपसमितिहरुले पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था, आवास, भोजन तथा भौतिक पूर्वाधार, प्रचार प्रसार, वातावरण सरसफाइ, स्वास्थ्य सेवा, स्वयंसेवक परिचालनलगायतका काम गर्नेछन्।
पशुपति क्षेत्र विकास कोषले बुधबार पत्रकार सम्मेलन गरी महाशिवरात्रीका दिन चारवटै ढोका खुल्ला गर्ने बताएको छ।
कोषका सदस्य सचिव डा. प्रदिप ढकालले बाहिरी ढोकाबाट बाहिर एक/एक लाइनको व्यवस्था गर्ने र भित्र ४ वटा लाइनसम्म व्यवस्था गरी दुई घण्टा भित्रमा दर्शन गरिसक्ने व्यवस्था मिलाइएको बताए।
‘उत्तर ढोकाबाट ३ लाइन, दक्षिणबाट ३ लाइन, पश्चिम ढोकाबाट ४ लाइन, र पूर्वी द्वारलाई भने वैकल्पिक द्वारको रुपमा नित्य पुजाका सामाग्रीहरु लैजाने व्यवस्था मिलाउन प्रयोग गरिने र आवश्यक परेको खण्डमा दर्शन गर्न दिने व्यवस्था समेत मिलाउने गरी व्यवस्थापन गरिएको छ‚’ ढकालले भने।
त्यस्तै सदस्य सचिव ढकालले नेपाल प्रहरीको अगुवाइमा सशस्त्र प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका जनशक्ति सहित ६ हजार सुरक्षाकर्मी परिचालन हुने र नेपाल स्काउट सहितका करिब ५ हजारको संख्यामा स्वयंसेवकहरु परिचालन हुने जानकारी दिए।
भक्तालुहरुको सुरक्षालाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा मदिरा तथा नशालु पदार्थ निषेध गरिएको उनले बताए।
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
.JPG)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।