काठमाडौं- जहाँ इच्छा त्यहाँ उपाय भन्ने उखान त तपाईं हामीले सुनेकै हो। नयाँ विद्युतीय कार खरिदका लागि महगो पर्छ। किन कि विद्युतीय कारमा प्रयोग हुने ब्याट्री तथा त्यसको उत्पादन लागत धेरै हुन्छ। यस्तै प्रयोगमा आएको पुराना इन्धनबाट चल्ने कारलाई हालसम्मकै सस्तो मूल्यमा कन्भर्ट गरिएको छ।
भारतको एक युट्युव च्यानल टेक्निकल पार्थमा पुरानो मारुती ८०० लाई इलेक्ट्रिक कारमा परिणत गरेको देखाइएको छ। पेट्रोलबाट चल्ने पुरानो मारुती ८०० मा ६० भोल्टको लिथियम आयन ब्याट्री प्रयोग गरी अन्य केही परिमार्जन गरिएको छ। याे हालसम्म परिमार्जन भएको मध्ये सबैभन्दा सस्तो भएको इनसाइडइभिज्ले लेखेको छ।
उक्त साइटले टेक्निकल पार्थलाई उदृत गर्दै भनेको छ- मारुती ८०० मा भएको कम्बस्चन इन्जिनभन्दा इलेक्ट्रिक मोटर्स उत्कृट भएको कुरामा दुई मत छैन। तर यो बदलावमा जसरी नयाँ प्रयोग गरिएको छ, यसमा समस्या नआउला भन्न चाहिँ सकिन्न।
मारुती ८०० लाई इलेक्ट्रिक बनाउन यसमा भएको इन्जिन झिकिएको छैन। त्यसै गरी तेल प्यानलाई केही साइड लगाएर सिलिन्डर हेड, वाटर पम्प र ०.८ लिटर ३ सिलिन्डरको इन्जिनमा रहेको ३ वटा पिस्टनसहित इन्जिनका अन्य एसोसिरिजलाई समेत उपयुक्त ढंगले व्यवस्थापन गरिएको छ। कारमा भएको इन्जिन ब्लक र क्र्याङसाफ्टलाई भने त्यही राखिएको छ।

कारमा भएको केही पार्टलाई भिकेर इलेक्ट्रिक मोटर राखिएको छ। यसमा प्रयोग गरिएको मोटर ६० भी, ३ हजार डब्लू युनिटको छ। ६० भी, ४० एएच लिथियम आयनको सिंगल ब्याट्री कारमा प्रयोग गरिएको छ। मारुती ८०० इभी ५० किलोमिटर प्रतिघण्टा कुद्न सक्ने दाबी गरिएको छ। यो कारलाई इभीमा बदल्ने काम व्यवसायिक रुपमा केही समयमा गर्ने समाचारमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।