काठमाडौं- काँठे लोक दोहोरी प्रतियोगिताको उपाधि सिन्धुपाल्चोकका प्रदीप रोक्का र कल्पना दाहालको जोडीले जितेको छ। विजेताको टिमले तीन लाख नगद पुरस्कारसहित एउटा गीत रेकर्ड गर्न पाउने भएका छन्।
यसैगरी उपविजेता समूहअन्तर्गत बबिता बाँनिया र विजय बाँनिया रहेका छन्। उपविजेता टिमले २ लाख नगद र एउटा गीत रेकर्ड गर्न पाउने भएका छन्।
तेस्रो र चौथो नतिजाका लागि प्रतिस्पर्धामा सहभागी भएको दिलीप थापामगर र टिकामाया फ्यालीको जोडी नुवाकोटका भगवान कार्की र सर्लाहीकी मिरा रायमाझीको जोडीबीच भएको खेल बराबरी भएको थियो। दुवै टिमले नगद पचहत्तर हजार पुरस्कारसहित एक/एकवटा गीत रेर्कड गर्ने अवसर पाउने भएका छन्। प्रतियोगिताको उत्कृष्ट गायिकाको उपाधि तारा थापा (बाग्लुङ), प्रतिमा अर्याल (मकवानपुर) र मिना नेपाल (ओखलढुंगा) ले पाएका छन् भने उत्कृष्ट गायकको उपाधि शेरबहादुर के.सी (नुवाकोट) ले पाएका छन्। यसैगरी उदीयमान गायिकाको उपाधि मनिषाकुमारी रावल (अछाम) ले प्राप्त गरेकी छन्।
काँठ क्षेत्रमा रहेको ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, बाध्यवादन, भेषभुषा, रहनसहन, हस्तकला लगायतको प्रवर्द्धन गर्ने र ती कुरालाई विश्वसामु उजागर गराउने उद्देश्यसहित प्रथम राष्ट्रिय काँठे लोकदोहोरी महोत्सव २०७६ आयोजना गरिएको संरक्षक तथा डिएआर मुभिज एण्ड फिल्म ईन्डिस्ट्रिज प्रा.लि.का प्रभावनजेले बताए।
कार्यक्रममा देशका २६ जिल्लाको सहभागी रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।