काठमाडौं- धानमन्त्री केपी शर्मा ओलीको शरीरमा मिर्गौला प्रत्यारोपण भएको छ। प्रधानमन्त्री ओलीलाई उनकी भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिएकी हुन्।
प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिति स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
अस्पतालका कार्यकारी निर्देशक डा.प्रेमकृष्ण खड्गाले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सबै मुख्य सूचकांकहरु राम्रो अवस्थामा रहेको र प्रत्यारोपित मिर्गौलाले पनि काम गर्न सुरु गरिसकेको जानकारी दिएका हुन।
उनले भने, ‘उहाँलाई प्रत्यारोपण उपचार कक्षामा राखी उपचारलाई निरन्तरता दिइनेछ।’
प्रत्यारोपणपछि चिकित्सक, स्वास्थ्यकर्मी मुस्कानसहित बाहिर आएका थिए।










नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।