काठमाडौं– स्वीट्जरल्याण्ड र त्यस आसपसामा रहेका नेपालीलाई सुरक्षित रहन त्यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ।
मंगलबार एक सूचना जारी गर्दै दूतावासले चार देशहरु स्वीट्जरल्याण्ड, इटाली, सान मारिनो तथा लिचेष्टाइनमा रहेका नेपालहरूलाई अत्यावश्यक परे नेपाली नियोग र ती क्षेत्रका महावाणिज्य दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ।
दूतावासले कोरोना भाइरसको संक्रमणबाट बच्न विभिन्न सावधानीका उपयाहरु अपनाउन आग्रह गरेको छ। ती देशहरूमा कोरोना भाइरस निरन्तर रूपमा फैलिरहेको भन्दै दूतावासले सचेत रहन नेपालीहरुलाई आग्रहसमेत गरेको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।