काठमाडौं- फ्रान्सेली कम्पनी न्यूरोन मोटर्सले काठबाट इलेक्ट्रिक मोटरसाइकल बनाएको छ। कम्पनीले यो मोटरसाइकललाई ‘उडन इलेक्ट्रिक’ मोटरसाइकल भनेको छ। कम्पनीले यो मोटरसाइकलको प्रोटोटाइप गत वर्ष सार्वजनिक गरेको थियो।
बजारमा पाइने इलेक्ट्रिक मोटरसाइकल भन्दा यो भिन्न खालको छ। कम्पनीले यो मोटरसाइकलको नाम इभी–१ राखेको छ। न्यूरोनले मोटरसाइकल प्रि अडर गर्नेलाई उपलब्ध गराउन थालेको छ। कम्पनीले १२ वटा मोटरसाइकल मात्र बनाउने जनाएकाे छ।

इभी–१ मा लार्ज सेन्ट्रल व्याट्री प्याक रहेको छ। लिथियम आयोन व्याट्री भएको यो मोटरसाइकल ४० मिनेटमा फुल चार्ज हुने दावी कम्पनीको छ। यो मोटरसाइकल शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति ३ सेकेन्डमा तय गर्न सक्छ भने अधिकतम गति १ सय ३६ माइल प्रतिघण्टा रहेको विजनेश इनसाइडरले लेखेको छ।

यो मोटरसाइकल फुल चार्ज गर्दा सहरी क्षेत्रमा १ सय ८६ माइल र हाइवेमा १ सय ३६ माइलको दूरी तय गर्न सक्छ। न्यूरोनले बनाएको एपमाफर्त पनि यो मोटरसाइकलको जानकारी लिन सकिन्छ। एपमार्फत मोटसाइकलको व्याट्रीको अवस्था, अन्य सेटिङ र विगतमा मोटरसाइकल चलेको अवस्थासमेत जानकारी लिन सकिनेछ।

यो मोटरसाइकलको अन्तिम उत्पादन लागत करिब ६७ हजार अमेरिकी डलर पर्नेछ। र २०२१ को सुरुवातमा यो मोटरसाइकल उपभोक्ताले पाउने छन्। विभिन्न रंगमा बनाइने यो मोटरसाइकल उपक्तोताले २२ सय डलर अतिरिक्त दिए कस्टुमाइजसमेत गरिदिनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।