काठमाडौं- भारतस्थित नेपाली दूतावासले भारतमा रहेका नेपालीहरुलाई यथास्थानमा रहन आग्रह गरेको छ।
काेराेना भाइरस (कोभिड- १९)को जोखिमलाई मध्यनजर गर्दै भारत-नेपाल सिमाना एक हप्ताका लागि बन्द गरिएको र भारतका विभिन्न राज्यमा समेत लकडाउन रहेका कारण नेपालीहरुलाई यथास्थानमा रहन दूतावासले अनुरोध गरेको हो।
भारत र नेपाल सरकारका विभिन्न निर्देशनहरुलाई पालना गरी आफू र आफ्नो परिवारलाई सुरक्षित रहन दूतावासले सुझाएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।