काठमाडौं- सरकारले काठमाडौं उपत्यकाका सार्वजनिक यातायात संचालनमा रोक लगाउने तयारी गरेको छ। उपप्रधान एवम् रक्षामन्त्रीसमेत रहेका ईश्वर पोखरेलको नेतृत्वमा रहेको उच्चस्तरीय कोरोना भाइरस जोखिम न्यूनीकरण समितिले यस्तो प्रस्तावमा छलफल गरी निर्णय लिन लागेको हो। बैठकमा उपत्यकाको सार्वजनिक यातायात ठप्प गर्ने प्रस्ताव यातायात व्यवस्था विभागले लैजान लागेको विभाग स्रोतले जानकारी दिइएको छ।
उच्चस्तरीय समितिले यस विषयमा निर्णय छलफल गरी निष्कर्षमा पुग्ने बताइएको छ। यसअघि नै २ सय ५० किलोमिटर भन्दा बढीको दुरीमा सार्वजनिक यातायात संचालनमा रोक लगाउने निर्णय आइतबारबाट कार्यान्वयनमा आइसकेको छ। यस्तै सीमानाका बन्द गर्ने र अन्तर्राष्ट्रिय उडानमा समेत प्रतिबन्ध लगाउने निर्णय सरकारले गरिसकेको छ।
ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघको छलफलपछि यस्तो प्रस्ताव तयार गरिएको विभाग स्रोतको भनाइ छ। बैठक सोमबार नै बस्दैछ।
फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी एक युवतीमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको पुष्टि सोमबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।