• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार ३, २०८२ Tue, Jun 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट
न्युयोर्कका नेपाली डाक्टर भन्छन्- कोरोना संक्रमितको कोठामा पहिलो पटक छिर्दा प्रार्थना गरें
64x64
नेपाल लाइभ सोमबार, चैत २४, २०७६  १५:५९
1140x725

काठमाडौं - अमेरिका न्युयोर्क अहिले विश्वको सवैभन्दा बढी प्रभावित सहर हो।  नेपाली समयअनुसार दिउसो ३ बजेसम्म ४ हजार १ सय ५९ जनाको मृत्यु भइसकेको छ। यसैगरी संक्रमितको संख्या एक २० हजार भन्दा बढी छ। डा दिनेश सुवेदी न्युयोर्कस्थित  स्टेट्स युनिर्भसिटी अफ न्युयोर्कमा कार्यरत छन्। कोरोना भाइरसबाट संक्रमितको संख्या बढ्दै गएपछि उनी उक्त अस्पतालको कोभिड १९ युनिटको मेडिकल इन्जार्चको रुपमा कार्यरत छन्। कोभिड १९ का बिरामी उपचारका विषयमा उनले आफ्ना अनुभव र अनुभूति नेपाल लाइभममार्फत् बाँडेका छन्।  उनकै शब्दमा उनको उपचार अनुभव : 

म इन्चार्ज रहेको युनिटमा कोरोनाका शंकास्पद बिरामीलाई मात्र हेरिन्छ। हामी दैनिक २०\२२ जना बिरामीलाई हेर्छौं। जसमध्ये दैनिक पाँच जनामा पोजेटिभ भेटिन्छ र यो संख्या दिनप्रति दिन बढ्दै गएको छ। 

यस युनिटमा शंकास्पद बिरामीलाई हामीले आइसोलेसनमा राख्छौं। रिपोर्ट नेगेटिभ आएपछि मात्र डिस्जार्च गर्छौं भने पोजेटिभ देखिएका बिरामीलाई ठिक नभएसम्म उपचार गर्छौं। उनीहरुलाई निको बनाएर घर नपठाएसम्म मेरो मुख्य भूमिका रहन्छ। हामीले यहाँ विभिन्न प्रक्रियाबाट कोरोना संक्रमितको उपचार गरिरहेका छौं, जसलाई म बुँदागत रुपमा प्रस्तुत गर्न चाहन्छु।

१. कोरोनाको परीक्षण
हामीले अहिलेसम्म कोरोनाको परीक्षण गर्ने भनेको रियल टाइम पिसिआर नै हो। यसमा बिरामीको नतिजा नआउँदासम्म हामी बिरामीलाई आइसोलेसनमै राखेर उपचार गर्छौं। अघिल्लो हप्ता हामीले दिनको एकपटक पिसिआरको लागि पठाउँथ्यौ भने अहिले दिनको दुई पटक पठाउँछौ। हामी यही रिजल्टको प्रतिक्षामा हुन्छौं। किनभने यो हाम्रो लागि निकै महत्वपूर्ण हुन्छ। 

२. पेसेन्ट राउन्डिङ
पेसेन्ट राउन्डिङ्ग सामान्य भन्दा धेरै फरक हुन्छ। यसमा हामीले पिपिई (व्यक्तिगत सुरक्षात्मक उपकरण) लगाउनुपर्छ। मुख्य रुपमा यहाँ पिपिई भनेको नाक मुख छोप्न एन ९५ माक्स, गगल, गाउन र ग्लोब्स नै हो। अहिलेसम्म यहाँ कपाल र जुत्ता छोप्ने गरिएको छैन। यहाँ पनि एन ९५ मास्कहरुको अभाव हुँदै गएपछि प्यापर प्रयोग गरेका छौं। यो एउटा मेसिन जस्तो हुन्छ। यो हेर्दा भ्याकुम जस्तो लाग्छ। पिपिई लगाएर बिरामीलाई हेर्दा एकदम असहज महसुस हुन्छ। 

३. नेगेटिभ प्रेसर युनिट
यो युनिटमा सामान्यतया कोठाहरु हुन्छन्। तर, अहिले कोरोनाको महामारीको बेला यो युनिटलाई हामीले नेगेटिभ प्रेसर युनिट बनाएका छौं। यो युनिटमा भएको हावाहरु बाहिर नजाओस् भन्ने मुख्य उद्देश्य हो। 

४. परीक्षण पोजेटिभ भएमा
टेस्ट पोजेटिभ भएमा त्यही अनुसार प्रक्रिया सुरु हुन्छ। बिरामीको अवस्था हेरी उपचार सुरु गर्छौं।  

Ncell 2
Ncell 2

५. कन्भ्यालेसन्ट
यो प्लाज्मा प्रोजेक्ट हो। यसको लागि बिरामीहरु जो निको भइसकेका छन्, विशेषगरी  १४ दिनदेखि निको भइसकेका छन्। उनीहरुको प्लाज्मा ट्रान्सफ्युजन गर्ने हो। 

६. बिरामी
मैले हेरेका बिरामीमध्ये सबैभन्दा कम उमेर २२ र सबैभन्दा वृद्ध ९३ वर्षका बिरामी थिए। धेरैजसो बिरामीहरु ४० देखि ६० वर्षका छन्। मैले १५ जना बिरामीको उपचार गरेको छु। अहिलेसम्म कसैको मृत्यु भएको छैन। कुन बिरामी सिकिस्त हुन्छन्, कुन निको हुन्छ, यत्तिकै भन्न सकिने अवस्था छैन। 

सवैभन्दा कम उमेरको २२ वर्षका बिरामी सिकिस्त छन् भने ९३ वर्षका बिरामीको अवस्था भने सामान्य छ। ट्राभल हिष्ट्री भएका बिरामीमा लक्षण बढी देखिएको तर स्थानीय संक्रमणमा खासै लक्षण नदेखिएको मेरो अनुभव छ। क्यान्सरका बिरामीहरुमा पनि लक्षण बढी देखिएको छ। १५ जना बिरामी मध्ये १२ जनामा ज्वरो, ९ जनामा मासंपेशी दुख्ने, खोकी ८ देखि ९ जनामा र ४ जनामा श्वासप्रश्वासको समस्या देखिएको थियो। श्वासप्रश्वासको समस्या र संख्या पछि बढ्दै पनि गयो। तर, धेरैलाई सुख्खा खोकी नै हुन्छ। प्रयोगशालामा ८ जना जतिमा लिम्फोपेनिया थियो। 

सिटि स्क्यान सवैलाई गरिएको छैन। नियमित निमोनिया पनि चार जनामा देखिएको थियो। छातिको एक्सरेमा पाँच जनामा सामान्य, अन्य पाँचमा केही देखिएन भने, बाँकीमा निमोनिया जस्तो कोभिडसँग मिल्ने परिवर्तन देखिएको थियो। त्यही भएर एक्सरेले धेरैलाई सहयोग गरेन। 

७. पुनः परीक्षण
केही बिरामीमा पहिलो परीक्षणमा नेगेटिभ र दोस्रो परीक्षणमा पोजेटिभ आएको भेटियो।  पिसिआरको सेन्सेटिभिट त्यति राम्रो भनिदैन। त्यसैले शंका लागेका बिरामीमा हामीले पुनः परीक्षण गरिरहेका छौं। तापनि यहाँको स्ट्यान्डर्ड पिसिआर नै हो। 

८. चेन अफ कमान्डमा उपचार
कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीहरु निकै डराएका छन्। कतिले त जागिर नै छोडेको पनि सुनें तर त्यति नै मात्रामा उपचारमा खटिनुपर्छ भनेर आएका पनि छन्। हामी अहिले कमान्डमा चल्छौं। यो बेला उपचारको निर्देशिका काम लाग्दैन। त्यसैले चेन अफ कमान्डमा हामीले काम गरिरहेका छौं। 

९. स्वास्थ्यकर्मी होसियार हुन जरुरी 
जब कुनै बिरामीमा कोरोना पोजेटिभ देखिन्छ। त्यसपछि त्यो कोठामा पहिलोपटक छिर्दा सबै स्वास्थ्यकर्मी डराउँछन् र धेरैले भगवानलाई प्राथना गर्ने पनि गर्छन्। मैले पनि पहिलोपटक कोरोना पोजेटिभ बिरामीको कोठामा जाँदा १२ मिनेटसम्म पशुपतिनाथ र गणेशलाई सम्झेर प्रार्थना गरेको थिएँ। 

बिरामीहरु एउटा जेलमा बसे जस्तो हुन्छ। उनीहरु बाहिर जान पाउँदैन। चिकित्सकहरु पिपई लगाएर जाने हुँदा राम्रोसँग सञ्चार हुन पाउँदैन। जसले गर्दा उनीहरुमा मानसिक समस्या देखिन सक्छ। कति बिरामीहरु त भाग्न पनि खोज्छन्। तर, ती बिरामीका लागि यहाँ प्रहरी र सुरक्षा गार्ड तैनाथ गरिएको छ। 

यहाँ स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण भएको छ। अहिलेसम्म १३ जना कर्मचारीलाई कोरोना संक्रमण भएको छ। जसमध्ये ४ जना चिकित्सक छन्। यहाँको माहोल त्रासपूर्ण छ। तर, प्रत्येक दिन कोरोनाका बिरामीलाई हेर्नुपर्ने भएकाले सामान्य नै लाग्न थालेको छ। पिपिई लगाएर गएपछि कोरोना सर्दैन तर भूलचुक गर्नुहुँदैन। सानो गल्तीले पनि ठूलो दुर्घटना निम्तिन सक्छ।

प्रकाशित मिति: सोमबार, चैत २४, २०७६  १५:५९
  • #Novel Corona Virus
  • ##newyorkcity

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ
सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच भेटवार्ता
गौशालाकी उप–प्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
सम्बन्धित सामग्री
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
कोरोना अपडेट: १६ सय परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीर अधिकारीका अनुसार एक हजार छ सय तीन जनाको नमुना परीक्षण गर्दा ७६ जनामा सङ्क्रमण... शनिबार, वैशाख २३, २०८०
ताजा समाचारसबै
सभामुख घिमिरे र गृहमन्त्री लेखकबीच भेटवार्ता मंगलबार, असार ३, २०८२
गौशालाकी उप–प्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध मंगलबार, असार ३, २०८२
निलो रिबन लगाएर रास्वपाका सांसद संसदमा मंगलबार, असार ३, २०८२
चीनले आफ्ना नागरिकलाई भन्यो– जोर्डनको सिमाना हुँदै इजरायल छाड मंगलबार, असार ३, २०८२
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै मंगलबार, असार ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला सोमबार, असार २, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान सोमबार, असार २, २०८२
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु सोमबार, असार २, २०८२
आरजुलाई सांसद सिंहले गाली बेइज्जती गरेको अडियो–भिडियो मगाउन अदालतको आदेश सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्