• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार ४, २०८२ Wed, Jun 18, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार
राष्ट्रिय संकटमा नागरिक दायित्व
64x64
रमेश ज्ञवाली बुधबार, वैशाख ३, २०७७  १२:११
1140x725

हामी आफ्नो बाहेक अरुको काम, कर्तव्य र अधिकारका बारेमा निकै चनाखो हुन्छौं। कुन बेला कसले के गर्नुपर्छ भन्ने लम्बेतान भाषण पनि दिन सक्छौं। अरु त के अब हामी नेपाली यही कोभिड-१९ को विषयमा चौबाटोमा उभिएरै केहीबेर भाषण गर्न सक्ने भइसक्यौं। कुनै गम्भीर अध्ययन र तथ्यांकको आधारमा होइन कि सामाजिक सञ्जालमा भेटिएका सामग्रीलाई पत्याएर र त्यसमा २/४ ओटा आफ्नै मौलिक हावादारी गफ मिसाएर।

सरकारले, मिडियाले वा अरु क-कसले के गरेन र गर्नुपर्थ्यो भन्ने विषयमा त हामीले लामै सूची त दिन सक्छौं। तर, एक जिम्मेवार नागरिकको हैसियतमा यो लडाइँमा आफ्नो योगदान के रह्यो त? आफैंलाई सोध्नुपर्ने भएको छ।

राज्यको नागरिकको हैसियतमा पहिलो कर्तव्य भनेको राज्यले संकटको बेला लागू गरेका नीति नियमको पालना गर्नु हो। अहिले सरकारले आम मानिसलाई घरमै बस्न भनेको छ। सरकारी तथा गैरसरकारी कार्यालय र यातायात ठप्प नै छ। सरकारले अत्यावश्यक सेवामा समस्या नहोस् भनेर कतिपय निकायमा काम गर्नेहरुलाई पासको व्यवस्था गरी आवतजावतको बन्दोबस्त गरेको छ।  तर कतिपयले भने रमिता हेर्नका लागि सो सुविधाको दुरुपयोग गरेको पाइन्छ। खाद्यान्न वा औषधि ढुवानी गर्नेहरुले ती सामग्रीका अतिरिक्त मानिसहरुसँग चर्को मूल्य लिएर यात्रा गराएको पाइन्छ।

यसबाट दुवै पक्षलाई क्षणिक लाभ भए पनि संक्रमणको जोखिम रहन्छ। ती व्यक्ति स्वयं र समाजलाई पनि नोक्सान भइरहेको र हुनसक्ने देखिन्छ। यतातर्फ उनीहरुले ध्यान दिएको पाइँदैन।

सरकारले विदेशबाट आउनेहरुलाई स्वास्थ्य जाँच गर्न र एकान्तबासमा बस्न भने पनि कतिपयले अटेर गरेर स्वास्थ्य जाँच नगरेको, निष्फिक्री हिँडेको र कतिपय त क्वारेन्टाइनबाट भागेको समेत सुनिन्छ। जसले गर्दा सिंगो समुदायमा संक्रमणको जोखिम बढेको छ।

धेरैले लकडाउनलाई कहिलेकाहिँ हुने राजनीतिक बन्द जस्तै बुझेर बेलुकापख हुल बाँधेर चोकमा निस्कने गरेको देखिन्छ। दिउँसो सुनसान भएको बेला अत्यावश्यक सामग्री किनमेल गर्दा सुरक्षित भइने कुरा किन हामीले हेक्का राख्न सकेको छैनौं? त्यसैगरी सुरक्षामा खटेका प्रहरीको आँखा छलेर लखरलखर डुल्नुलाई उपलब्धि ठानेको जस्तो पनि देखिन्छ।

संकटको यो घडीमा भएका सीमित स्रोत साधनबाट काम चलाउनुपर्नेमा फजुल खर्च गरेर हामीमध्ये कैयौंले व्यापारीहरुलाई कालो बजारीका लागि प्रोत्साहन गरिरहेका छौं। कालोबजारी भएको छ कि भनेर चनाखो हुनुपर्ने बेलामा हामी उल्टो काममा लागिरहेका छौं।

सरकारी निकायलाई व्यवहारिक सुझाब दिन र सहयोग गर्न छाडेर एकोहोरो आलोचना गर्न त जसले पनि सक्छ। त्यसको साटो, आफ्नो शिक्षा, अनुभव र सीप भएको क्षेत्रमा योगदान गर्न सकिन्छ।  जस्तै त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका विभिन्न विभागले अनलाइन कक्षा सञ्चालन गरेका छन्। त्यसैगरी, अन्य शैक्षिक संस्थाहरुले एसइई र प्लस टु का विद्यार्थीलाई केन्द्रित गरेर विभिन्न कार्यक्रमहरु सुरु गरेका छन्। यसको सिको अन्य क्षेत्रले पनि गर्नु जरुरी भइसकेको छ

Ncell 2
Ncell 2

सरकारले कानमा तेल हालेर बसोस् तर तपाईं हामी अनेक थरी काम गरौं भन्न खोजेको होइन। सरकारले पनि आफूले सक्दो गर्दै छ, जसमा हाम्रो सक्रिय सहयोग र साथ आवश्यक छ।

तपाईं चिकित्सक हो भने आफ्नो क्षेत्रको बारेमा लेख लेखेर अहिले समस्या भएकालाई सहयोग गर्न सक्नुहुन्छ। धेरै जना डाक्टरले आफ्नो नम्बर दिएर निशुल्क परामर्श दिइरहनुभएको छ। त्यसरी दिइएको नम्बरमा मैले केही दिन पहिले सम्पर्क गरेर घुंडा दुखेको समस्याबाट राहत पाएँ। जनस्वास्थ्य विशेषज्ञ डाक्टर रवीन्द्र समीर र अर्का वैज्ञानिक डाक्टर समीरमणि दीक्षितले प्रमाणित र भरपर्दा सूचना र जानकारीहरु सामाजिक सन्जालमा प्रवाह गरिरहनुभएको छ।

निजी क्षेत्र त यस्तो अवस्थामा राज्यका दाहिने हात भएर अघि बढ्नुपर्ने हो। कारण, देशको धेरै सार्वजनिक क्षेत्र र पुँजी उनीहरुकै कब्जामा छ। दुःखको कुरा, राज्यलाई सहयोग गर्नुपर्ने र सक्ने मध्येका एक जना व्यापारी केही दिनअघि कालोबजारी गर्दै रहेको अवस्थामा रंगेहात पक्राउ परे। नर्भिक अस्पतालका बसन्त चौधरीले केही मात्रामा भए पनि स्वास्थ्य सामग्री सरकारलाई सहयोग गर्नुभएको छ। त्यसैगरी धनाढ्य विनोद चौधरी मार्फत पीपीई देशका विभिन्न भागमा पुगेका छन्।

तपाईं घरधनी हो भने आफ्नोमा बस्नेलाई उनीहरुको अवस्था हेरेर सहयोगको हात फैलाउन सक्नुहुन्छ। तपाईंलाई थाहा छ, सहयोग त पालाको पैंचो हो, कतिबेला उनीहरुको सहयोग तपाईंलाई चाहिन सक्छ।

तपाईं अहिले सहरबाट आफ्नो क्षेत्रमा पुग्नु भएको छ भने आफूले जानेको कुरा त्यहाँ अरुलाई सामाजिक दुरी कायम गरेरै बाँड्न सक्नुहुन्छ। मानौं तपाईं विज्ञान विषयको शिक्षक हो र अहिले गाउँमा हुनुहुन्छ भने स्थानीय एफएमबाट बिहान बेलुका कक्षा सञ्चालन गर्न सक्नुहुन्छ।

तपाईं विदेश वा स्वदेश जहाँ रहे पनि अहिले आफ्नो ज्ञान र सीपलाई देश र जनताको लागि योगदान गर्ने ठूलो अवसर छ। जस्तै महावीर पुनले आविष्कार केन्द्रबाट स्वास्थ्य सम्बन्धी अनेक सामग्री बनाएर निशुल्क वितरण गरिरहनु भएको छ। तपाईं अर्थशास्त्रको विद्यार्थी हो भने लकडाउनपछि देशमा पर्न जाने ठूलो आर्थिक समस्याबाट पार लगाउन सरकारले के गर्न सक्ला भनेर केही सुझाब सहितको लेख लेखेर योगदान गर्न सक्नुहुन्छ।

विदेशमा काम गरिरहेका लाखौं नेपालीहरु महामारीपछि रोजगारी गुमाएर स्वदेश फर्किनुपर्ने हुनसक्छ। विदशी विश्वविद्यालयमा पढाउने नेपालीहरुले त्यसरी फर्किएका नेपालीहरुलाई के गर्न सकिन्छ भनेर स्थानीय निकाय र मुख्य मन्त्रीहरुलाई ठोस सुझाब दिन सक्नुहुन्छ।

संसदका कति जना सदस्य छन् तपाईंलाई थाहा होला। तर, एकजना गगन थापा मात्र सरकारलाई चिठी लेखेर र अनेक माध्यमबाट चिच्याएर सुझाब दिएका छन्, झकझक्याएका छन्। योगदान गर्न मन्त्री नै हुनुपर्छ भन्ने छ र?

संकटका बेला विभिन्न स्वार्थ समूहहरु चलमलाउन थाल्छन् अनि यही मौका पारेर सरकारी निकाय चुर्लुम्म भष्टाचारमा डुब्ने डर हुन्छ। यस्तोमा पनि हामी नागरिक चनाखो भएर सरकारी गतिविधि नियाल्नुपर्छ। हेर्नुस् त, स्वास्थ्य सामग्री किन्ने क्रममा ठूलै घोटालालाई मिडियाको खबरदारीले सरकारलाई पछि हट्न बाध्य बनायो।

हाम्रै छर छिमेकमा ज्याला मजदुरी गर्नेहरु खान नपाएर बसेको छन् भने खै सरकार कहाँ छ भन्दै तस्बिर हाल्नुभन्दा एक पोको चाउचाउ र एक बोटल पानी किनेर दिँदा जम्माजम्मी ४० रुपैयाँ खर्च हुन्छ। त्यसपछि उनलाई सम्बन्धित वडा कार्यालय वा प्रहरीसँग सम्पर्क गराउने काम उनको फोटो हालेर केही लाइक कमाउनेभन्दा हजार गुणा उपयुक्त होइन र? अहिले कतिपय वडा कार्यालयहरुमा राहत वितरण तथा खाना खुवाउने काम भइरहेको देख्न सकिन्छ। दिनभर मोबाइल समाएरै समय कटाउनुभन्दा त्यहाँ गएर बिहान बेलुका केही समय योगदान गर्न वा त्यो कार्यक्रममा आम्दानी खर्च वा पारदर्शीता के कसो छ यसो बुझ्न पनि त सकिन्छ।

तपाईंसँग सवारीसाधन छ भने प्रशासनबाट पास लिएर बिरामी, सुत्केरी वा कुनै अभर परेकोलाई सहयोग गर्न सक्नुहुन्छ। धेरैले यस्तो काम गरिरहेका छन्। अहिले सामाजिक सन्जालमा फैलिएका झुट र कपोलकल्पित सूचना प्रवाहले पनि आम मानिसमा डर र त्रास फैलाएको छ, हामीले विज्ञका र प्रमाणित सूचना मात्र प्रवाह गर्दा पनि ठूलै काम गरेको ठहरिने अवस्था छ।
 
यी केही उदाहरण मात्र हुन्। यस्ता दर्जनौं क्षेत्र छन्, यसो हेर्दा झिनामसिना लाग्ला तर हामीले गर्ने सानो होस्टे वा हैंसेले हाम्रो समाज अनि सिंगो देशलाई नै दीर्घकालीन हिसाबमा ठूलो योगदान हुन सक्छ।

भनिन्छ नि, देशले आफैं कहिल्यै माग्दैन र आफैंले मनन गरेर दिनु पर्छ रे। हामीमध्ये कसैलाई यो सरकार, अहिलेको सत्तासीन पार्टी र यसका धेरै मान्छे मन नपर्लान्, उनीहरुसँग हाम्रो हजार मतभिन्नता होलान्, रिस होला, क्रोध होला, कतिपयको व्यक्तिगत कुण्ठा र मुद्दा होला, तर यो तुष पोख्ने र रिस साँध्ने बेला होइन। मान्छे रहे पो राजनीति, रिस राग र मारपिट गर्ने अवसर आउला। तर, मानव जाति नै संकटमा पर्ने अवस्था भएको बेला, सबै पूर्वाग्रह त्यागेर आफ्नो समाज र देशका लागि जे जति सकिन्छ, केही न केही गरौं। सरकार र पार्टीका लागि हैन, आफ्नै लागि, समाज, अनि देशका लागि र मानवताका लागि केही गरौं।

ट्विटर @gyawaliramesh

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०७७  १२:११
  • #डकडाउन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रमेश ज्ञवाली
लेखकबाट थप
नभइसकेको डाक्टर साप
मालिक, अझै पनि पुगेन तपाईंलाई?
दाइ, अब तपाईं फर्किनुपर्छ !
सम्बन्धित सामग्री
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! नेपाली कांग्रेसको लोकप्रीय मत हरेक निर्वाचन मा घटिरहेको छ । नयाँ दलदेखि, पुराना कम्युनिस्ट दल, मधेसवादी दलदेखि राजावादी दल सबैको निश... शुक्रबार, जेठ ३०, २०८२
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका यी समस्याहरूले गर्दा खोप अभियानमा बाधा आउँछ र स्वास्थ्यमा जोखिम बढ्छ । यसलाई सच्याउन स्वास्थ्यकर्मी, शिक्षक, र समाजका सबै तहमा काम ग... मंगलबार, जेठ २७, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन सामान्यतया यो उमेर ढल्किदै जाँदा देखा पर्ने समस्या हो । ५५– ६० वर्षका मानिसहरुमा यो समस्या बढी देखिन्छ । यद्यपि यो बालबालिकामा ब्रेन... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
टी–२० आई सिरिज : घरेलु टोली स्कटल्यान्डमाथि नेपाल दुई विकेटले विजयी मंगलबार, असार ३, २०८२
स्याङ्जामा आँधीखोलाको दोहन रोक्न खोज्नेमाथि वडाध्यक्षद्वारा रड प्रहार मंगलबार, असार ३, २०८२
नेपालले पायो ९८ रनको झिनो लक्ष्य, सन्दीप एक्लैले लिए चार विकेट मंगलबार, असार ३, २०८२
इजरायली सेनाले राहत वितरण स्थल नजिकै गोली चलाउँदा गाजामा ५१ जनाको मृत्यु मंगलबार, असार ३, २०८२
दिलभूषणलाई उपस्थित हुन भन्दै साइबर ब्यूरोले जारी गर्‍यो सूचना मंगलबार, असार ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक
प्रतिनिधि सभा बैठक सोमबार, असार २, २०८२
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ)
रास्वपा सांसदको अवरोध र नाराबाजीबीच प्रतिनिधि सभाको बैठक जारी (लाइभ) आइतबार, असार १, २०८२
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो)
समावेशी लोकतन्त्रको व्यवहारिक अभ्यास गर्छौ : देउवा(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि
काठमाडौँ जिल्लाव्यापी बृहद् खेलकुद प्रतियोगिता–२०८२ आइतबारदेखि शुक्रबार, जेठ ३०, २०८२
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो)
अनुसन्धान र अभियोजनलाई प्रमाणयुक्त बनाउन प्रधानमन्त्रीको आग्रह(भिडियो) शुक्रबार, जेठ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
इरानद्वारा मोसादको मुख्यालयमा आक्रमण, इजरायली आक्रमणमा चार दिनअघि मात्र नियुक्त भएका इरानका उपकमाण्डर मारिए मंगलबार, असार ३, २०८२
फेसबुकमा ‘अलबिदा’ लेखेर लेखेर सम्पर्कविहीन भएका डाक्टर श्रेष्ठ बालाजुमा फेला सोमबार, असार २, २०८२
अवतरणको अनुमति नपाएपछि जर्मनी फर्कियो विमान सोमबार, असार २, २०८२
अमेरिकामा गोलीबारी, आठ महिनाको बालकसहित तीन जनाको मृत्यु सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
स्कटल्याण्डमा हुने टी–२०आई सिरिजका लागि नेपाली टोली घोषणा, तीन खेलाडी थपिए शुक्रबार, जेठ ३०, २०८२
सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन बुधबार, जेठ २८, २०८२
सर्वोच्चले माग्यो प्रधानमन्त्री ओली र अर्थमन्त्री पौडेलसँग लिखित जवाफ मंगलबार, जेठ २७, २०८२
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित शुक्रबार, जेठ ३०, २०८२
तेहरानको हवाई क्षेत्र पूर्ण रुपमा नियन्त्रणमा लिएको इजरायलको दाबी सोमबार, असार २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्