काठमाडाैं- थानकोट नाका हुँदै घर जान लागेका नागरिकलाई चन्द्रागिरी नगरपालिकाले क्याम्प बनाएर राखेको छ। लकडाउनका कारण हिँडेरै घर जान लागेका नागरिकहरुलाई चन्द्रागिरी नगरपालिका र त्यहाँका स्वयसेवी युवा मिलेर क्याम्प बनाएर राखेका हुन्।
उनीहरुलाई खाने र बस्ने व्यवस्था गर्न प्रतिनिधिसभा सांसद अञ्जना विशंखे खटिरहेकी छन्। स्थानीय युवाहरुले नागरिकहरुलाई त्रिभुवन पार्कमा अस्थायी सेल्टर बनाएर राख्न स्वतस्फुर्त रुपामा सहयाेग गरेका छन्।
विभिन्न जिल्लामा मजदुरी गर्दै आएका तर लकडाउनका कारण उपत्यका हुँदै हिँडेर घर जान लागेका उनीहरुलाई खाने र बस्ने व्यवस्थासहित क्याम्पमा राखिएको हाे। उनीहरुलाई क्याम्पमा खाने, बस्ने व्यवस्थासहित स्वास्थ्य जाँच गरी क्याम्पमा राखिएको विशंखेले बताइन्।
थानकोटमा रहेको त्रिभुवन पार्कमा निर्माण गरिएको क्याम्पमा अहिले ३ सयकाे हाराहारीमा घर जान लागेकाहरु रहेका छन्। यसरी क्याम्पमा महिला बालबालिका र केही शारीरिक रुपमा अशक्त भएका व्यक्ति पनि रहेका छन्।
उनीहरुलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर उनीहरुलाई फर्काउने प्रयास पनि भइरहेको उनले बताइन्। १५ वटा स्टल बनाएर उनीहरुलाई राखिएकाे छ भने नेपाली सेनाले डिसइन्फेक्सनको काम गरिरहेको छ। नगरपालिकाको टोलीले पनि स्वास्थ्य जाँच कक्ष निर्माण गरी सञ्चालन गरेको छ।
क्याम्पमा छुट्टाछुट्टै समूहका लागि हात धुने व्यवस्था गरिएको छ। यसैगरी स्यानिटाइजर र मास्क पनि उनीहरुलाई दिइएको छ। क्याम्पबाट कोही बाहिर जान नपाओस् भनेर प्रहरीले गस्ती पनि गरिरहेको छ।
क्याम्पमा रहेकाहरुले घर पुग्ने छटपटी भएकाे बताएका छन्। काठमाडौंमा खान र बस्नकाे समस्या भएपछि उनीहरु ७०० किलोमिटरसम्मको दूरी नाप्ने हिम्मतका साथ पैदल यात्रामा निस्केका हु्न्। तराईका विभिन्न जिल्ला जाँदै गरेका श्रमिकहरुले क्याम्पका कारण खान बस्न सजिलो भएपनि कुनै व्यवस्था गरी घरसम्म पुर्याइ दिन आग्रह गरेका छन्।
तस्बिरमा क्याम्पमा रहेकाकाे अवस्था:
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।