बहराइन- रोजगारीका लागि बहरानमा गएका थप ७७ नेपालीलाई कोरोना संक्रमण भएको छ।
बहराइनस्थित नेपाली राजदूतावासले मंगलबार एक सूचना जारी गर्दै अहिलेसम्म १२६ जना नेपालीमा कोरोना संक्रमण देखिएको उल्लेख गरेको छ।
यसैगरी बहराइनले श्रमिकहरूको सुरक्षा र सुनिश्चितताका लागि सामाजिक दूरीसहितको सुरक्षित बासस्थानको समेत व्यवस्था गरेको र त्यहाँ स्थानान्तरण सुरू गरिसकेको राजदूतावासले जनाएको छ।
साथै अवैधानिक रूपमा त्यहाँ बस्दै आएका कामदारका लागि वैधानिक हुन वा बहराइन छाड्नका लागि २०२० डिसेम्बर ३१ सम्म माफी दिने त्यहाँको सरकारले निर्णय गरेको राजदूतावासले उल्लेख गरेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।