वीरगञ्ज- मंगलबार वीरगञ्जस्थित नारायणी अस्थायी कोभिड अस्पतालमा उपचाररत २१ जना कोरोना संक्रमित निको भएको पुष्टि भयो। निको भएपछि १६ पुरुष र ५ महिलालाई अस्पतालले नै व्यवस्था गरेर घर छोडेको थियो। उनीहरुलाई मंगलबार राति साढे १० बजे डिस्चार्ज गरिएको र सबैलाई घरसम्म छोडिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायले जानकारी दिए।
यसरी कोरोना जितेर अस्पतालबाट घर जानेमा १५ महिनादेखि ७४ वर्ष उमेरसम्मका छन्। गत वैशाख २७ देखि ३० गतेसम्म भर्ना भएका उनीहरु पट्यारलाग्दो र चिन्ताको अवस्थाबाट मुक्ति पाए। यो कुरा उनीहरूले भन्न त भनेनन् तर अनुहारमा चिन्तामुक्तको प्रमाण झल्कन्थ्यो।
विश्वभर महामारीको रूप लिएको रोगसँग जुधेर निको भएपछि घरपरिवारलाई पनि ठूलो सास आएको छ। डर र त्रासबीच अस्पताल छिरेपनि कोरोना जित्न आत्मबल मुख्य भएको उनीहरूले बताए।
हेरौँ २१ जना डिस्चार्ज भएका केही दृश्य






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।