काठमाडौं- नेपाल धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङलाई नियम गर्न नियमावली ल्याउन लागेको जनाएको छ।
बोर्डका अध्यक्ष रेवतबहादुर कार्कीले इन्साइडर ट्रेडिङलाई नियमन गर्नको लागि ऐनमा स्पष्ट नीति नहुँदा नियामवली ल्याउन लागेको बताए। बोर्डले सञ्चालनमा ल्याएको अनलाइनबाट सेयर किनबेच गर्न सकिने प्रणाली (सेमी अनलाइन) को उद्घाटनमा बोल्दै कार्कीले सो कुरा बताएका हुन्।
यता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सञ्चालनमा ल्याउन लागेको अनलाइन ट्रेडिङ सिस्टमको ८० प्रतिशत काम नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए। उनले भने, ‘अनलाइन ट्रेडिङ सिस्टमको ८० प्रतिशत काम सम्पन्न भएकाले आगामि जेठभित्र नै सञ्चालनमा छ।’
बोर्डले सञ्चालनमा ल्याएको सिस्टम नेप्सेले सञ्चालनमा ल्याउन लागेको अनलाइन ट्रेडिङको लागि आधार तयार भएको उनले बताए।
बोर्डले नयाँ वर्षको सुरुवातमै अनलाइनबाट सेयर किनबेच गर्न सकिने प्रणाली लागू गर्न दिएको निर्देशन ब्रोकर नम्बर ५० क्रिष्टल कन्चनजंगा सेक्युटिजबाट सुरु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।