काठमाडौं- चर्चित गायक आनन्द कार्कीले देशप्रेमले ओतप्रोतयुक्त गीत बजारमा ल्याएका छन्। गायक कार्कीले देशको सीमा मिच्नेलाई कुनै हालतमा नछाड्ने प्रतिज्ञासहितको गीतको भिडियो सार्वजनिक गरेका हुन्।
राष्ट्रप्रेमले सजिएको गीतको शब्द डा कृष्णहरि बरालको रहेको छ भने कमल आनन्दको संगीत छ। ध्वनी मिश्रण भोला पौडेलले गरेका छन्।
गीतको भिडियोमा विरेन तितुङको सिनेम्याटोग्राफी र चर्चित भिडियो सम्पादक लोकेश भाटको सम्पादन रहेको छ।
गीतमा प्रत्येक नेपाली आफ्नो देशप्रति आफैंमा बिना बर्दीका सच्चा पहरेदार भएकाले देशद्रोही र सीमा मिच्नेहरुलाई कुनै हालतमा छाड्न नहुने दृष्टान्त प्रस्तुत भएको छ।
आधुनिक गीत र चलचित्रका गायकमा पारखी कार्कीले कालापानीको नक्सा सार्वजनिक भएको समय पारेर देशभक्त गीत सार्वजनिक गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।