काठमाडौं– मलेसियाबाट समस्यामा परेका १ हजार ५ जना नेपालीहरूलाई पहिलो चरणमा स्वदेश फर्काइने भएको छ। नेपाल एयरलाइन्स तथा हिमाल एयरलाइन्सका ४ उडानमार्फत स्वदेश फर्काइने दूतावासले जनाएको छ।
पहिलो उडान १५ जुन अर्थात असार १ गते नेपाल एयरलाइन्सले सिट क्षमताअनुसार नेपालीहरू ल्याउनेछ। १८ जुन अर्थात असार ४ गते हिमालय एयरले ल्याउनेछ।
२० जुन (असार ६ गते) नेपाल एयरलाइन्सले उडान भर्नेछ। २१ जुन (असार ७ गते) हिमाल एयरलाइन्सले उडान भर्नेछ। मलेसियाबाट नेपाल फर्कन भाडा ५२० अमेरिकी डलर अर्थात् २२२० मलेसियन रिग्रेट तोकिएको छ।
एयरलाइन्स वा तोकिएको एजेन्सीमार्फत टिकट खरिद गर्न सकिने दूतावासले जनाएको छ। मलेसियाबाट नेपाल फर्कन गर्भवती महिला, कोरोना बाहेक अन्य बिरामी, रोजगारी गुमाएर अलपत्र अवस्थामा रहेका, भिसा अवधि सकिएका आफन्तको मृत्यू भई किरिया गर्न स्वदेश फर्कनुपर्ने अवस्थाका, आफन्त भेट गर्न गएर रोकिएका वा भिजिट भिसामा गएका, व्यापारिक भिसामा गएका व्यक्तिहरू लगायतले प्राथमिकता पाएका छन्।
यस्तो छ पहिलो चरणमा स्वदेश फर्कनेहरूको सूचीः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।