काठमाडौं– नेपाल लघुवित्त वित्तीय संस्थाले १ लाख ८० हजार कित्ता साधारण सेयर (आइपिओ) वैशाख १२ गतेदेखि निष्काशन गर्ने भएको छ।
संस्थाले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा १ लाख ६७ हजार कित्ता सेयर सर्वसधारणको लागि वैशाख १२ गतेदेखि निष्काशन गर्न लागेको हो। संस्थाले निष्काशन गर्नेमध्ये ३ हजार ६ सय कित्ता कर्मचारी र ९ हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ।
संस्थाले जारी गर्न लागेको आइपिओमा छिटोमा वैशाख १६ र ढिलोमा जेठ १० गतेसम्मका लागि बिक्री खुला रहने कम्पनीले जनाएको छ। संस्थाको सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा एनएमबी क्यापिटल रहेको छ।
आइपिओमा न्युनतम ५० कित्ता र अधिकतम ९ सय कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदकले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन्।
आइपिओ जारीपश्चात् संस्थाक सेयरधनीको अनुपात ७० प्रतिशत अर्थात ४ करोड २० लाख रुपैयाँ र सर्वसाधारण शेयर धनीको ३० प्रतिशत अर्थात् १ करोड ८० लाख रुपैयाँ कायम हुनेछ। हाल लघुवित्तको अधिकृत पूँजी १० करोड रुपैयाँ तथा जारी पूँजी ६ करोड रुपैयाँ रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।