काठमाडौं- डाट्सनका कार खरिदमा अहिले कार किनेर २०२१ मा पैसा तिर्न सकिने अफर ‘बाइ नाउ पे इन २०२१’ ल्याइएको छ। कोभिड–१९ को विश्वव्यापी महामारीबाट नेपाली अर्थव्यवस्था तथा उपभोक्ता आक्रान्त भएको अवस्थामा कम्पनीले उपभोक्ता आकर्षित गर्न यस्तो योजना ल्याएको हो।
उपभोक्ताको समस्या तथा सीमिततालाई मध्यनजर गर्दै अझ सहज सुविधा सहित नेपालमा डाट्सन तथा निशान गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले उक्त योजना ल्याएको जनाएको छ।
यस योजनाअन्तर्गत ग्राहकले गाडी किनिसकेपछि ६ महिनासम्म कुनै पनि इएमआई तथा ब्याज तिर्नुपर्ने छैन। उक्त अवधिको सम्पूर्ण दायित्व कम्पनिले व्यहोर्ने छ। यसका साथै कम्पनीले आकर्षक नगद छुट समेत उपलब्ध गराउने बताएको छ।
डाट्सनरेडी गो ८ सय सिसी र १ हजार सिसी तथा डाट्सन गो शक्तिशाली १२ सय सिसी इन्जिनका साथ बजारमा उपलब्ध छन्।
गाडीको खरिदमा गाडीका विभिन्न एक्सोसरिजहरु पाउनुको साथै १ वर्षको निःशुल्क इन्स्युरेन्स, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङको सुविधा, १ वर्षसम्मको सडक कर यो योजनाअन्तर्गत उपलब्ध रहनेछ। यो अफर स्टकको उपलब्ध रहुन्जेलसम्म र शर्तहरु लागू हुने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।