काठमाडौं– साउदीस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणले ज्यान गुमाएका ४८ मृतकले प्राप्त गर्न बाँकी रहेको रकम नेपालस्थित कन्सुलर सेवा विभागमा पठाएको छ।
मृतकका हकवालाले बुझ्न सक्ने तलब, भत्ता, सर्भिस बेनिफिट, जीवन बिमा तथा ब्लडमनी बापतको ७ लाख ५८ हजार ७ सय १६ साउदी रियाल अर्थात् २ करोड ४६ लाख ५ हजार १ सय ६७ नेपाली रुपैयाँ कन्सुलर सेवा विभागमा पठाएको हो।
यसैबीच दुर्घटनामा दोस्रो पक्षको संलग्नता भई ज्यान गुमाएका नेपालीहरूका हकवालाका तर्फबाट राजदूतावास साउदी अरबले विभिन्न क्षेत्रका अदालतमा गई कानुनी सहायताका लागि बहस पैरवी गर्दै आएको जनाएको छ।
यससम्बन्धमा राजदूतावासले मुद्दा जितेका तर क्षतिपूर्ति बापतको रकम असुल गर्न बाँकी ६८ मृतकको ब्लडमनी बापतको ५६ लाख ६५ हजार ५ सय साउदी रियाल सम्बन्धित पक्षबाट असुलउपर गरी पीडित परिवारलाई उपलब्ध गराउने प्रयास भइरहेको दूतावासले जनाएको छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।