लिबाङ– प्रदेश ५ का भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले रोल्पामा सबैभन्दा बढी चुनढुंगा पाइने भएकाले यसको सही सदुपयोग गर्न सकिने बताएका छन्।
यहाँ उत्पादित चुनढुंगाले विकास निर्माणका काममा मात्र नभएर आर्थिक समृद्धितर्फ पनि जिल्लालाई लैजान सक्ने उनको ठम्याइ छ। उनका अनुसार रोल्पामा भएको चुनढुंगा रोल्पा तथा आसपासका क्षेत्रमा सञ्चालित सिमेन्ट कारखानामा पुर्याउन सके यसले जिल्लालाई आर्थिक हिसाबमा थप माथि उठाउन सक्ने देखिएको छ।
प्रेस चौतारी, रोल्पा तथा प्रेस सेन्टर, रोल्पाको संयुक्त आयोजनामा मंगलबार लिबाङमा सम्पन्न पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।