काठमाडौं- साउदीबाट पाँचौं चार्टर उडानमार्फत कोरोनाका कारण समस्यामा परेका ४ सय ८९ नेपाली स्वदेश फर्काइने दूतावासले जनाएको छ।
उनीहरूलाई लिएर हिमालय एयरलाइन्सले साउदी अरबको दमामबाट ३० जुन (मंगलबार) राती उडान भर्नेछ। उक्त उडानबाट स्वदेश फर्कने नेपालीहरूको सूची सरकारले निर्धारण गरेको प्राथमिकताका आधारमा दूतावासले तय गरी हिमालय एयरलाइन्सको दमामस्थित कार्यालयमा पठाइसकेको जनाएको छ। स्वदेश फर्कने यात्रुहरूले कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट साथमा राख्नुपर्नेछ।
यसअघि दूतावासले विभिन्न मितिमा प्रकाशित गरेका सूचीमा नाम परेका तर हालसम्म फर्किन नसकेकाहरू स्वदेश नफर्कंदासम्म प्राथमिकताकै सूचीमा रहने उल्लेख गरिएको छ।
साउदीबाट नेपाल फर्कन ४ सय ६५ अमेरिकी डलर अर्थात् १७ सय ४४ साउदी रियाल भाडा तोकिएको छ।









नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।