काठमाडौं- कालिका पावर कम्पनीले १२ लाख कित्ता साधारण सेयर (आइपिओ) जारी गर्ने अनुमति माग्न धितोपत्र बोर्डमा आवेदन दिएको छ। कम्पनीले प्रतिकित्ता एक सय रुपैयाँको दरमा १२ लाख कित्ता आइपिओ जारी गर्न लागेको हो।
कम्पनीमा संस्थापकको ४२ करोड, आयोजना प्रभावितको ६ करोड र सर्वसाधारणका लागि १२ करोड रुपैयाँ हुनेगरी लगानी संरचना तयार पारिएको छ। जस अनुसार सर्वसाधारणको १८ करोड स्वामित्व हुनेछ।
यसअघि कम्पनीले आयोजना प्रभावित गोरखा जिल्लाका स्थानीयलाई ६ लाख कित्ता आइपिओ बिक्री गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।