काठमाडौं- नयाँ वर्षसँगै उकालो लागेको नेप्से परिसूचक बिहीबार पनि निरन्तर लम्किएको देखियो। बिहीबार परिसूचकमा २५ दशमलब ३० अंकको वृद्धि देखिएको छ।
परिसूचकसँगै कारोबार रकममा वृद्धि हुँदा लगानीकर्ता हौसिएका हुन्। बैंक तथा वित्तीय संस्थाहरुले तेस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक गर्न थालेका छन्। सार्वजनिक गरिसकेका र सार्वजनिक गर्ने तयारीमा रहेका वित्तीय संस्थाहरुको तेस्रो त्रैमास रिपोर्ट सकारात्मक आउने अपेक्षाका कारण लगानीकर्ता उत्साहित भएका सेयर जानकारहरु बताउँछन्।
बिहीबार १ सय ६८ कम्पनीको १ अर्ब ११ कारोड ५५ लाख ५५ हजार ३ सय ६१ कित्ता सेयरहरु खरिद-बिक्री भएका छन्। जबकि १ अर्ब १२ करोड ६७ लाख १६ हजार १७ रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो।
बिहीबार चिलिमे हाइड्रोपावर कम्पनीमा लगानीकर्ता झुम्मिए। यस दिन चिलिमेको सर्वाधिक ४ करोड २१ लाख ३० हजार ७ सय २ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कम्पनीको सेयर मूल्य भने प्रतिकित्ता ९ रुपैयाँले बढेको छ।
त्यस्तै, नेपाल बैंकको ३ करोड ९८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। भने, सानिमा माई हाइड्रोपावरको ३ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यस साताको अन्तिम कारोबारको दिन बिमा समूह अन्तर्गतका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। यो समूहमा ५१ दशमलब २३ अंकको वृद्धि भएको छ। त्यस्तै, जलविद्युत् समूहमा ४४ दशमलब ८७ अंकको वृद्धि भएको छ।
बिहीबार प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ९ दशमलब ९३ प्रतिशत अर्थात् १५ रुपैयाँले बढेको छ। त्यस्तै, खानीखोला हाइड्रोपावरका लगानीकर्ताको सेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँले बढेको छ।
यता, सहयोगी विकास बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। बैंकको सेयर मूल्य प्रतिकित्ता १५ रुपैयाँ अर्थात् ७ दशमलब २० प्रतिशतले बढेको छ। त्यस्तै, मिथिला लघुवित्त विकास बैंकका लगानीकर्ताले प्रतिकित्ता ६७ रुपैयाँ गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।