काठमाडौं- यस साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा १ सय ८ दशमलब १६ अंकले बढेको छ। बिहीबार सम्ममा नेप्स परिसूचक १ हजार ३ सय ८८ दशमलब ३१ को बिन्दुमा आइपुगेको छ।
त्यस्तै यस साता कारोबार रकममा ३८ दशमलब ४६ को वृद्धि भएको छ। यस साता १ सय ८१ कम्पनीको ४ अर्ब ८ करोड ८७ लाख ५७ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। गत साता १ सय ८३ कम्पनीको २ अर्ब ९५ करोड २९ लाख ८९ हजार रुपैयाँ बराबरका ८१ लाख ९८ हजार ९ सय कित्ता सेयर खरिद-बिक्री भएका थिए।
समूहगत परिसूचकमा उतारचढाव

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २१ दशमलब ०५ अंकले बढेर २ सय ९४ दशमलब ०३ अंकमा आइपुगेको छ।
यस साता कारोबार रकमको आधारमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ। कम्पनीको १२ करोड ४२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।