भैरहवा– रुपन्देही सदरमुकाम भैरहवामा रहेका विभिन्न सरकारी कार्यालयले नै आफूले प्रयोग गरेको बिजुलीको महशुल बिुझाएका छैनन्। रुपन्देहीमा रहेका धेरैजसो सरकारी कार्यालयले समयमै विद्युत् महशुल नबुझाउने गरेका हुन्। ती कार्यालयलाई पटक–पटक आग्रह गर्दा पनि महशुल बुझाउनेतर्फ चासो नदिने गरेको विद्युत प्राधिकरण कार्यालयले जनाएको छ।
भैरहवामा रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देही, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, आन्तरिक राजश्व कार्यालय, विशेष आर्थिक क्षेत्र (सेज), जिल्ला ट्राफिक प्रहरी कार्यालय, महेन्द्र सभागृहदेखि सिद्धार्थनगर नगरपालिका र भैरहवा भन्सार कार्यालयसम्मका दर्जनौं सरकारी कार्यालयले विद्युत् उपयोग गरे बापतको लाखौं रुपैयाँ नेपाल विद्युत प्राधिकरणलाई नबुझाएका हुन्।
प्राधिकरण कार्यालयका लेखा अधिकृत मेघमणि गौतमका अनुसार सिद्धार्थनगर नगरपालिकाले ०७० जेठदेखिको महशुल बुझाएको छैन। त्यस्तै, भैरहवामा रहेको कर्मचारी मिलन केन्द्रले पनि ०७० जेठबाटै महशुल बुझाएको छैन।
सरकारी निकायबाटै लाखौं रुपैयाँ विद्युत महशुल बक्यौता रहँदा समेत प्राधिकरणले न त महशुल उठाउन सकेको छ न त लाइन काट्नै सकेको छ।
नेपाल विद्युत प्राधिकरण भैरहवा शाखाका प्रमुख उमेशकुमार झाले सरकारी निकायहरुलाई महशुल तिर्नका लागि पटक–पटक आग्रह गरिएको बताए। उनले लामो समयदेखि महशुल नतिरेका सरकारी कार्यालयलाई चिठ्ठी समेत काटिएको जानकारी दिए। चिठ्ठी काटेपछि केही कार्यालयले बिल भुक्तान गरेको भए पनि केही कार्यालयले अँटेरी गरिरहेको उनले बताए। उनले भने, ‘अटेरी गर्ने कार्यालयको लाइन काट्ने अवस्थामा पुगेका छौं।’
प्राधिकरणका अनुसार १० हजार रुपैयाँभन्दा कम महशुल तिर्न बाँकी भएका सरकारी कार्यालय धेरै छन्। १० हजार रुपैयाँभन्दा माथि विद्युत् महशुल नतिर्ने कार्यालय निम्नानुसार छन्ः

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।