काठमाडौं- मंगलबारको नेप्से परिसूचक तीव्र उत्तारचढावका बीच १५ दशमलब ९९ अंकले घटेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक १ हजार ३ सय ९४ दशमलब ८६ को बिन्दुमा आएर रोकिएको हो।
मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ। यस दिन १ सय ७० कम्पनीको ७३ करोड ९२ लाख २२ हजार ५९ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
मंगलबार कारोबारमा आएकामध्ये ट्रेडिङ समूह बाहेक अन्य सबै समूहमा गिरावट आएको छ। ट्रेडिङ समूह २ दशमलब ८७ अंकले बढेको छ।
मंगलबार सर्वाधिक गुमाउनेमा विकास बैंक समूह अन्तर्गतका लगानीकर्ता रहेका छन्। समूहको सेयर मूल्य २७ दशमलब ७९ अंकले घटेको छ। त्यस्तै, बैंकिङ समूहमा १५ दशमलब ८५ अंकको गिरावट आएको छ। होटल समूहमा ११ दशमलब ८३ अंकको गिरावट आएको छ।
मंगलबार मात्रै तेस्रो त्रैमासको आकर्षक वित्तीय विवरण सार्वजनिक गरेको सेन्चुरी कमर्सियल बैंकको सर्वाधिक सेयर कारोबार भएको छ। बैंकको २ करोड ७६ लाख ३७ हजार ६ सय ८८ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
मंगलबार नेसनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय ५४ रुपैयाँ अर्थात् ६ दशमलब ५३ अंकले बढेको छ। त्यस्तै, एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले प्रतिकित्ता ९१ रुपैयाँ कमाएका छन्।
यता, सर्वाधिक गुमाउनेमा सांग्रिला डेभलपमेन्ट बैंक अन्तर्गतका लगानीकर्ता छन्। बैंकको सेयर मूल्य प्रतिकित्ता ११ रुपैयाँ अर्थात् ५ दशमलब ३६ अंकको गिरावट आएको छ। त्यस्तै, प्रोग्रेसिभ फाइनान्सको सेयर मूल्य प्रतिकित्ता ९ रुपैयाँले घटेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।