काठमाडौं– नेपाल इन्भेष्टमेण्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २ अर्ब ८३ करोड ८४ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। बैंकको मुनाफा अघिल्लो वर्षको तुलनामा यस वर्ष १९ दशमलब ३७ प्रतिशतले बढी हो। बैंकले अघिल्लो वर्ष २ अर्ब ३७ करोड रुपैयाँ खुद मुनाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानी १८ दशमलब ४१ प्रतिशतले बढेर ४ अर्ब ११ करोड ८५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै बैंकको सञ्चालन मुनाफा ८ दशमलब ६५ प्रतिशतले बढेर ३ अर्ब ७५ करोड ६४ लाख रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी १० अर्ब ६४ करोड रुपैयाँ रहेको छ।
बैंकले निक्षेपमा ८ दशमलब ६७ प्रतिशतले वृद्धि गरी १ खर्ब ३० अर्ब १९ करोड ७४ लाख रुपैयाँ संकलन गरेको छ। त्यस्तै बैंकले कर्जामा १ खर्ब १८ अर्ब ८६ करोड ७ लाख रुपैयाँ लगानी गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा १६ दशमलब ५९ प्रतिशतले बढी हो। बैंकले जगेडा कोषमा पनि १० अर्ब ९१ करोड ९८ लाख रुपैयाँ राखेको छ।
बैंकको प्रतिसेयर आम्दानी वार्षिक ३५ रुपैयाँ ५५ पैसा रहेको छ। त्यस्तै, मूल्य आम्दानी अनुपात वार्षिक १८ दशमलब ७६ गुणा र प्रतिसेयर नेटवर्थ २ सय २ दशमलब ५८ रुपैयाँ रहेको छ। बैंकको निष्कृर्य कर्जा शून्य दशमलब ७६ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।