काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमको शब्दमा रहेको गीत यो बुद्धभूमि नेपाल सार्वजनि भएको छ। शुक्रबार गौतमद्वारा रचित गीत यो बुद्धभूमिको भिडियो सार्वजनिक भएको हो।
सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिएको भिडियोमा राष्ट्रभक्ति गीतलाई प्रस्तुत गरिएको छ। गीतमा नेपालको प्राकृतिक सुन्दरता, शान्तिका दूत गौतम बुद्ध र नेपाली कला संस्कृतिबारे वर्णन गरिएको छ।
आम नेपालीलाई गीतले एकतामा रहन र देशप्रति प्रेरित हुन प्रेरणा मिल्ने विश्वास गरिएको छ। गौतमले लेखेको शब्दलाई मनोहर सुनामको एरेञ्जमा शम्भुजित बाँस्कोटाले संगीत भरेका छन्। गीतका प्रस्तुतकर्ता हरिशदेव गौतम हुन्। गीतमा रोशनराज गुरुङ ,माण्डवी त्रीपाठी र अंजना गुरुङलगायतको स्वर रहेको छ। दीर्घ गुरुङले खिचेको गीतलाई जीवन थापाले सम्पादन गरेका छन्।
गीतकार गौतमले आफ्ना ४३ गीतहरुलाई एकत्रित गरि गीति संग्रह पनि प्रकाशनमा ल्याएका छन्। संग्रहमा सार्वजनिक भएका गीत र सार्वजनिक हुन बाँकी सबै समावेश गरिएको छ।
गीती यात्राबारे के भन्छन् गौतम?
छन्द कविता र गीति लेखन यी दुई विषय मेरो जीवनको प्रारम्भकालीन रुचिका थिए। विद्यालय जीवनदेखि नै कविताप्रति मेरो विशेष रुचि र प्रयास रहँदै आयो। विद्यालयमा प्रत्येक शुक्रबार आयोजना हुने साहित्यिक कार्यक्रममध्ये अधिकांशमा मेरो सहभागिता हुने गरेको थियो। तर, त्यसबेला मैले के र कस्ता विषयमा कविता लेखेँ वा वाचन गरेँ, त्यसबारे कुनै सम्झना छैन।
०४६ सालमा हासिल भएको प्रजातान्त्रिक उपलब्धिपछि हामी संसदीय अभ्याससहित राजनीतिक यात्रामा तल्लीन रह्यौँ । यसक्रममा राष्ट्र, राष्ट्रियता र जनजीविकाका अनेकन सवालमा हामीले पार्टी नीतिको अधिनमा रहेर भरमग्दुर भूमिका निर्वाह गर्यौं। तर, २०५८ सालमा राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रजातान्त्रिक सरकार अपदस्थ गरे। यसपछि हामी राजाबाट भएको प्रतिगमनविरोधी आन्दोलनमा जुट्यौँ।
जनआन्दोलन २०६२/०६३ पछि हामीले राजतन्त्रसँगै सामन्तवादी सत्ता र संस्कृतिमाथि विजय हासिल गर्यौँ। वर्षौंदेखि पुरानो सत्ता, विशेष गरी राजा–महाराजाको स्तृतिमा आधातिर भाका र भाषामा आधारित राष्ट्रिय गान चलन चल्तीमा थियो। तर, परिवर्तित सन्दर्भमा उक्त राष्ट्रिय गानको विकल्प खोजियो।
नयाँ राष्ट्रिय गान चयनका निम्ति खुला प्रतिष्पर्धाका लागि आह्वान भयो। यो सन्दर्भमा मभित्र रहेको काव्य चेत वा गीति चेत प्रष्फुटन गर्ने मौका मिल्यो। मैले उक्त प्रतिष्पर्धामा भाग लिएँ। नेपाली साहित्यका धरोहरका रुपमा समेत सुपरिचित आदरणीय क.मोदनाथ प्रश्रित उक्त प्रतिष्पर्धाको छनौट समितिमा हुनुुहुन्थ्यो।
मैले ‘प्राण प्यारो देश नेपाल’ शीर्षकमा गीत लेखेर पठाएँ। उत्त गीत उत्कृष्ट सातभित्र पनि परेन। तर, त्यही गीत मेरो गीति यात्राको प्रारम्भ बन्न पुग्यो।
‘मेरो गीति यात्रा’ नाममा एउटा सानो पुस्तिका पनि प्रकाशित भएको छ। त्यसमा ४३ गीत संकलित छन्।
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।