काठमाडौं– चार वाणिज्य बैंकले बिहीबार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। बिहीबार स्ट्याण्डर्ड चार्टर्ड बैंक, एनएमबी बैंक, जनता बैंक नेपाल र बैंक अफ काठमाण्डूले वित्तीय विवरण सार्वजनिक गरेका हुन्। सार्वजनिक विवरणमा सबै वित्तीय संस्थाका अधिकाशं सूचक सकारात्मक देखिएका छन्।
स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १ अर्ब ५० करोड रुपैयाँ खुद मुनाफा कमाएको छ। जसअनुसार बैंकको नाफा ४१ दशमलब ८४ प्रतिशतले वृद्धि भएको छ। बैंकले अघिल्लो वर्षको यही अवधिमा १ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको थियो।
बैंकको खुद ब्याज आम्दानीमा ४३ दशमलब ७९ प्रतिशतले वृद्धि भएर २ अर्ब २३ करोड रुपैयाँ कमाएको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब ५५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो।
८ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी भएको बैंकले चालु आर्थिक वर्षको ९ महिनामा प्रोभिजनमा १३ करोड रुपैयाँ राखेको छ। बैंकले निक्षेपमा ६१ अर्ब १ करोड रुपैयाँ राखि कर्जामा ४६ अर्ब ४० करोड रुपैयाँ लगानी गरेको छ।
बैंकको प्रतिसेयर आम्दनी वार्षिक २५ रुपैयाँ १२ पैसा रहेको छ। त्यस्तै, निष्क्रिय कर्जा शून्य दशमलब २१ प्रतिशत पुर्याएको छ। अघिल्लो वर्ष बैंकको निष्क्रिय कर्जा शून्य दशमलब २३ प्रतिशत रहेको थियो।
एनएमबी बैंक
एनएमबी बैंकले चैतसम्ममा १ अर्ब ४१ करोड रुपैयाँ नाफा गरेको छ। बैंकले नाफामा २३ दशमलब २९ प्रतिशतले वृद्धि गरेको हो। गत वर्ष बैंकले १ अर्ब १४ करोड रुपैयाँ कमाएको थियो।
बैंकले २ अर्ब १० करोड रुपैयाँ खुद ब्याज आम्दानी कमाएको छ। जुन गत वर्षको तुलनामा १३ दशमलब २७ प्रतिशतले बढी हो। गत वर्ष बैंकले १ अर्ब ८५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। बैंकले चैतसम्ममा ८५ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरि ७४ अर्ब १ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकले गत वर्ष ७१ अर्ब १५ करोड रुपैयाँ निक्षेप संकलन गरि ६० अर्ब २४ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
बैंकको चुक्ता पूँजी ६ अर्ब ४६ करोड रुपैयाँ रहेको छ। ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याउन बैंकले अझै १ अर्ब ५४ करोड रुपैयाँ जुटाउनु आवश्यक छ।
बैंकको प्रतिसेयर आम्दानी २९ रुपैयाँ ९ पैसा रहेको छ। बैंकको पूँजी कोष अनुपात १२ दशमलब ९३ प्रतिशतमा झरेको छ। खराब कर्जा १ दशमलब १० प्रतिशत छ।
जनता बैंक नेपाल
जनता बैंक नेपालले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद मुनाफा ५० दशमलब ७६ प्रतिशतले वृद्धि गरि ५७ करोड ५७ लाख रुपैयाँ कमाएको छ। बैंकले अघिल्लो वर्षको सोहि अवधिमा ३८ करोड १८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो।
बैंले खुद ब्याज आम्दानीमा १ सय ११ दशमलब २७ प्रतिशतले वृद्धि गरि १ अर्ब ५७ करोड रुपैयाँ कमाएको छ। बैंकको सञ्चालन मुनाफा ४८ दशमलब २५ प्रतिशतले बढेर ६७ करोड ९७ लाख रुपैयाँ पुगेको छ।
८ अर्ब रुपैयाँ चुक्ता पुँजी भएको बैंकले प्रोभिजनमा ३६ करोड ९१ लाख रुपैयाँ राखेको छ। त्यस्तै बैंकले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा २५ करोड ११ लाख रुपैयाँ खराब कर्जा उठाएको छ। बैंकले निक्षेपमा ५४ अर्ब ५७ करोड रुपैयाँ संकलन गरि कर्जामा ५१ अर्ब १६ लाख रुपैयाँ लगानी गरेको छ।
बैंकको प्रतिसेयर आम्दानी ९ दशमलब ५९ रुपैयाँ रहेको छ। बैंकको निष्क्रिय कर्जा शून्य दशमलब ०३ प्रतिशतले घटेर १ दशमलब ९५ प्रतिशत पुगेको छ। पुँजीकोष अनुपात शून्य दशमलब ०३ प्रतिशतले बढेर १६ दशमलब १३ प्रतिशत पुगेको छ। मूल्य आम्दानीको अनुपात १७ दशमलब ०९ गुणा, प्रतिसेयर नेटवर्थ १ सय १७ दशमलब १३ रुपैयाँ र तरलता अनुपात २३ दशमलब ०९ प्रतिशत रहेको छ।
बैंक अफ काठमाण्डू
बैंक अफ काठमाण्डूले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ९३ करोड ५ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ। जुन गत वर्षको भन्दा ४ दशमलब ९४ प्रतिशतले बढी हो। गत वर्षको चैतमा बैंकले ८८ करोड ६७ लाख रुपैयाँ कमाएको थियो।
चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ७३ अर्ब ९० करोड रुपैयाँ निक्षेप संकलन गरि ६७ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। बैंकको चुक्ता पूँजी ७ अर्ब ७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा ४ अर्ब ४३ करोड रुपैयाँ जम्मा भएको छ।
बैंकको प्रतिसेयर आम्दानी वार्षिक १७ रुपैयाँ ५४ पैसा रहेको छ। पूँजी कोष अनुपात १३ दशमलब ३३ प्रतिशतबाट बढेर १५ दशमलब २२ प्रतिशत पुगेको छ। खराब कर्जा १ दशमलब ८२ प्रतिशत छ। बैंकको निष्क्रिय कर्जा १ दशमलब ८२ प्रतिशत रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।