काठमाडौं- एकैदिन नेप्सेमा २ करोड १९ लाख ४७ हजार ७ सय ११ कित्ता सेयर सूचीकृत भएको छ। बिहीबार बुटवल पावरको एफपिओ सहित ७ कम्पनीको सेयर सूचीकृत भएको हो।
बुटवल पावरको कम्पनीको बिहीबार ४० लाख ८१ हजार कित्ता सेयर सूचीकृत भएको छ। त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ४० लाख ५२ हजार २ सय १ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
सप्तकोसी डेभलपमेन्ट बैंकको २ लाख ३२ हजार १ सय कित्ता, शिखर इन्स्योरेन्सको २३ लाख ९६ हजार ४ सय २३ कित्ता, माहुली लघुवित्तको २ लाख कित्ता सेयर बिहीबार नेप्सेमा सूचीकृत भएको छ। यस्तै, गुडविल फाइनान्सको ७ लाख ४० हजार कित्ता बोनस सेयर पनि सूचीकृत भएको छ।
यता, साल्ट ट्रेडिङ कम्पनीको २ लाख ४५ हजार ९ सय ८७ कित्ता बोनस सेयर पनि नेप्सेमा सूचीकृत भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।