• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असार २८, २०८२ Sat, Jul 12, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली
कोभिड-१९ को डरले बेसार, मेथी, भिटामिन डी लगायतका औषधिको सेवनबाट निम्तिएको अर्को जटिल समस्या
64x64
नेपाल लाइभ सोमबार, भदौ २२, २०७७  १३:१५
1140x725

नयाँ दिल्ली- मुम्बईको अपोलो एन्ड फोर्टिस हस्पिटलकी इण्डोक्राइनोलोजिष्ट डा. तेजर लाथिया कसरी टाइप-२ मधुमेहका बिरामीमा भिटामिन डीको विषाक्तता (टक्सिसिटी) भइरहेको छ भन्ने विषयमा पछिल्ला केही दिनयता अचम्ममा परेकी छन्। 

पछिल्ला केही महिनामा किन यति धेरै यस्ता साइड इफेक्ट भएका बिरामी आइरहेका छन् भनेर गरिएको सर्वेक्षणमा कोभिड-१९ लाग्ने डरले मानिसहरूले सामाजिक सञ्जालमा आएका विभिन्न अफवाहको विश्वास गरी भिटामिन डीले मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्दै यसका विभिन्न औषधि अत्यधिक सेवन गर्न थाले जसका कारण यसले साइड-इफेक्ट निम्त्यायो र मानिसमा अन्य रोगको जोखिम बढाएकाे पाइयो।

‘कोभिड-१९ बाट बँच्न भिटामिन डीले धेरै सहयोग पुर्‍याउनुका साथै कोभिडविरूद्धको रोग प्रतिरोधात्मक क्षमता अत्यधिक अभिवृद्धि गर्छ भन्ने अफवाह सामाजिक सञ्जालमा देखेपछि मसँग उपचार गर्न आएका एक बिरामीले हप्तामा एकपटक खानुपर्ने भिटामिन डीको औषधि दैनिक रूपमा सेवन गर्न थाल्नुभएछ’ डा लाथियाले भनिन्।

भिटामिन डी को अत्यधिक प्रयोगबाट ब्लड र युरिन क्याल्सियमको मात्रा बढ्न थाल्छ, जसले गर्दा टाउको दुख्ने, वान्ता हुने, डिहाइड्रेसन, चक्कर आउनेजस्ता अन्य धेरै असरहरू देखिन्छन्।

‘रगतमा भिटामिन डी को मात्रा १५० नानोग्राम पर मिलिलिटरभन्दा बढी भयो भने विषाक्तता हुन्छ र यसले विभिन्न असर देखाउन थाल्छ। मसँग आएका ती बिरामीको रगतमा भिटामिन डीको मात्रा ३४८ नानोग्राम पर मिलिलिटर थियो। भाग्यवश भनौं उनलाई त्यस्तो नराम्रा असर देखिएनन्।’ उनले भनिन्।

उनका अनुसार पछिल्लो समय आएका कोभिड-१९ बाहेकका सबै बिरामीहरू यस्तै अफवाहका पछि लागेर यस्तै वा अन्य प्रकारका औषधिको मात्रा नमिलाई खाएर अस्पताल आएकाहरू छन्। ‘मैले प्रायः सबै बिरामीबाट इम्युनिटी बढाउने ‍विभिन्न औषधिको बारेमा सुन्दै आएकी छु’ उनले भनिन्, ‘रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका लागि अत्यधिक प्रयोग भएकामध्ये घरमा बनाइएको काढा, जिंक, भिटामिन सी, भिटामिन डी र होमोप्याथिक अर्सेनिकम आल्बुमजस्ता औषधिहरू रहेका छन्।’

बिरामीका यस्ता समस्या सुन्ने डा लाथियाका मात्र होइनन्। देशभरि नै मानिसहरू यस्ता अफवाहको पछि लाग्ने गरेका छन्। सामाजिक सञ्जालमा देखेको भरमा बेसार, मेथी, घ्युकुमारीको जुस र भिटामिन डीलगायतका औषधिहरूको अत्यधिक प्रयोग गरिरहेका छन्।

‘मसँगै काम गर्न साथी र मसँग यस्ता धेरै किसिमका बिरामीहरू आउने गरेका छन्, जोमध्ये धेरैले सामाजिक सञ्जालमा सुनेको भरमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने भन्दै विभिन्न औषधिहरूको प्रयोग विज्ञको सल्लाहबिना नै प्रयोग गर्ने गरेका छन्’ केरलास्थित कोसिन ग्यास्ट्रोइन्टेरोलोजी ग्रुपका हेपाटोलोजी तथा लिभर ट्रान्सप्लान्ट मेडिसिनका विशेषज्ञ डा क्रायक एबी फिलिप्सले भने।

Ncell 2
Ncell 2

‘यसको एउटा कारण भनेको मानिसहरूले कोभिड-१९ संक्रमितसँगको सम्पर्कपछि डराएर मात्रा नमिलाई त्यस्ता औषधिको प्रयोग गर्नु हो’ डा फिलिप्स भन्छन्, ‘सामाजिक सञ्जालमा फैलिएका केही सरकारद्वारा समेत समर्थित तथ्यहीन अफवाहका पछि लागेर मानिसहरूले आफ्नो दैनिक जीवनमा यस्ता अस्वस्थ वस्तु प्रयोग गरिरहेका छन्। जसको फलस्वरूप मानिसमा विभिन्न रोगहरू देखापर्न थालेका छन्।’

सरकारमा भएका व्यक्तिले नै यस्ता कुराको समर्थन गर्नाले र मानिसहरूलाई यस्ता कुरा प्रयोग गर्न भनिदिने तर यसको मात्रा र कस्ता मानिसले यस्ता औषधिको प्रयोग गर्नुहुँदैन भनेर नभनिदिँदा धेरैलाई समस्या परिरहेका डाक्टरहरू बताउने गर्छन्।

भारतको केन्द्रीय सरकारले नै केही दिनअघि ‘आर्सेनिकम आल्बुम ३०’ नामक होमोप्याथिक औषधि सुझाएको थियो।

‘धेरै आयुर्वेदिक र यस्ता भिटामिनहरू मात्रा मिलाएर खाँदा धेरै असर गर्दैनन् तर मात्र नमिलाई आफ्नो खुसी गरेर अथवा अफवाहका पछि लागेर खानाले हाम्रो स्वास्थ्यमा धेरै ठूलो असर गरिरहेको हुन्छ। कतिपयले पहिलेदेखि नै दीर्घरोगका विभिन्न औषधिहरू प्रयोग गरिरहेका हुनसक्छन्, त्यस्ता व्यक्तिलाई त झन् कतिपय यस्ता कुराहरू विषाक्तसमेत बन्न सक्छन्। यस्तो हुँदा डरलाग्दो अवस्था सिर्जना हुने गर्छ।’ गुरूग्रामस्थित फोर्टिस मेमोरियल रिसर्च इन्स्टिच्युटका पलमोनोलोजीका निर्देशक डा मनोज गोएलले भने।

प्राकृतिक उत्पादनको अत्यधिक प्रयोगबाट हुने साइड-इफेक्ट
विभिन्न क्षेत्रका डाक्टरहरूले अहिले यस्ता घटनाहरू भोगिरहेका छन्। डा फिलिप्स भन्छन्, ‘मेथीको अत्यधिक प्रयोगले मानिसहरूलाई विभिन्न साइड इफेक्ट भएर धेरै बिरामीहरूको उपचार मैले गरेको छु।’ केरलामा कार्यरत डाक्टरका अनुसार मेथीको अत्यधिक प्रयोगले रगतलाई पातल्याउने काम गर्छ, जसले गर्दा कलेजोसम्बन्धी समस्या भए पनि नभए पनि रक्तस्रावको समस्या पैदा हुने गर्दछ।

दिल्लीस्थित मेदान्त अस्पतालका इण्डोक्राइनोलो एन्ड डाइबिटीजका सिनियर कन्सल्ट्यान्ट डा एम सफी कुचेले एक ट्वीट गर्दै बेसारको अत्यधिक प्रयोगबाट आफ्ना एक बिरामीमा आँखा पहेंलो हुने समस्या देखिएको उल्लेख गरे।

ट्वीटमा उनले लेखेका छन्, ‘हिजो मैले एकजना मधुमेहका बिरामीलाई हेरें। उनको बिलिरूबिन सामान्य थियो। उनको आँखा सामान्यावस्थाको भन्दा पहेंलो थियो तर उनमा कलेजोको कुनै समस्या थिएन। कारण: उनले कोभिड-१९ बाट बच्नका लागि पछिल्ला २-३ महिनायता एकदिनमा हरेक पटक २ टेबलचम्चा बेसार पानीमा मिसाएर पिउने गरेका रहेछन्।’

— M Shafi Kuchay (@drshafikuchay) September 2, 2020

‘हामीले यस्ता धेरै बिरामी देखेका छौं, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेदिक औषधिको प्रयोग गरिरहेका छन्’ उनले भने।

दिल्लीमा अवस्थित धर्मशीला नारायण सुपरस्पेस्यालिटी हस्पिटलका इन्टर्नल मेडिसिन कन्सल्ट्यान्ट डा गौरव जैनका अनुसार अहिले उनी कार्यरत अस्पतालमा हरेक दिन ४ देखि ५ यस्ता बिरामी आउने गरेका छन्, जसले कोभिडको डरले इम्युनिटी बुस्टरको नाममा अनेक औषधिहरूको अत्यधिक प्रयोग गरिरहेका छन्।

‘कोभिडबाट बँच्न यस्ता औषधिहरूको अत्यधिक प्रयोग गर्नाले योभन्दा पनि अन्य रोगको जोखिम बढिरहेको देख्दा दुःख लाग्छ’ डा जैन भन्छन्, ‘अश्वगन्धा, धेरै औषधिहरू मिसाएर खाइने काढा, च्यवनप्रासजस्ता उत्पादनको अत्यधिक प्रयोगले पाचन प्रणालीमा समस्या निम्त्याउने गर्दछन्।’

धेरैले इम्युनिटी बुस्टर भन्दै विभिन्न औषधि बिक्री गरेको पाइयो : अध्ययन
भारतमा गरिएको एक सर्वेक्षणमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै धेरैथरि औषधिहरू बेचिएको पाइएको छ। 

भारतको हेल्थ रिसर्च फर्मका प्रोन्टो कन्सल्टद्वारा गरिएको एक सर्वेक्षणमा रोग प्रतिराेधात्मक क्षमता बढाउने नाममा औषधिमात्र नभएर खद्यान्नहरू समेत बिक्री भइरहेको पाइएको थियो।

‘हरेक १ सय औषधिको बिलमा ९२ औषधि रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिहरू पाइए’ उक्त सर्वेक्षणमा उल्लेख गरिएको छ, ‘मह, च्यवनप्रास, अदुवा, मोरिंगा, ओलिफेरा, करेला, हर्वल चिया, तुलसी, बेसार, कागती आदी आयुर्वेदिक उत्पादनको बिक्री ह्वात्तै बढेको छ।’

यस्ता औषधिहरूको प्रयोग गर्दा विज्ञसँग सल्लाह गरेरमात्र मात्रा मिलाएर प्रयोग गर्नका लागि सुझाउने गरेका छन्। नत्र अन्य रोगका समस्या झेल्नुपर्ने हुनसक्ने डाक्टरहरू बताउँछन्।

‘विज्ञको सल्लाहबिना इम्युनिटी बुस्टरको नाममा अनेक औषधिको अत्यधिक प्रयोग नगर्नुहोस्। विशेषगरी त्यस्ता व्यक्तिले जसलाई पहिलेदेखि नै अन्य रोगले सताइरहेको छ’ डा जैनले भने।

‘मैले प्रयोग नै गरेर हेर्दा पनि भिटामिन सी, डी र जिंकजस्ता औषधिले कुनै असर गर्दैनन् यदि मात्रा मिलाएर प्रयोग गरियो भने’ डा लाथियाले भनिन्, ‘मैले बिरामीलाई अन्य वस्तुहरुको अत्यधिक प्रयोगभन्दा बरू बाफ लिन र नुन पानीले कुला गर्न सुझाउने गरेको छु।’

‘नचिनेका त्यस्ता औषधिहरू विशेषज्ञको सल्लाहबिना प्रयोग नगर्न मैले सँधै भन्ने गरेकी छु’ उनले भनिन्, ‘तौल व्यवस्थापन, ब्लड सुगरको सही नियन्त्रण, उचित औषधिको प्रयोग र रक्तचाप नियन्त्रण, मास्कको प्रयोग र हात धुनेजस्ता उपाय अपनाउनु नै अहिलेका लागि राम्रा विकल्पहरू हुन्’

(द प्रिन्टको सहयोगमा प्रदीप खद्योतद्वारा अनुवादित सामग्री।)

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री ओलीले दिए खेलाडीलाई बधाई
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आज यि नदीमा छ बाढीको खतरा
सम्बन्धित सामग्री
सरकारी स्वास्थ्य संस्थामा फोलिक एसिड र आइरन चक्कीको अभाव: कारण र असर यस्ता छन् अन्य कतिपय स्थानीय तहका स्वास्थ्य संस्थाहरूले पनि ती औषधिको उपलब्धताबारे ताकेता गर्ने गरेको विभागका अधिकारीहरू बताउँछन्। शुक्रबार, असार १३, २०८२
पाइल्स मुक्त अभियानमा डा. सुवर्ण पौडेल, मेदान्तबाट गर्छन् सबै खाले समस्याको निदान ‘डाक्टरले औषधी लेखिरहँदा औषधि दिने मान्छे पनि क्वालिटीयुक्त हुनुपर्छ। औषधि पनि क्वालिटीको चाहिन्छ भनेर हामी जनशक्ति उत्पादनमा पनि सक... आइतबार, असार ८, २०८२
आज अन्तर्राष्ट्रिय योग दिवस मनाइँदै भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र सङ्घको ६९ औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्र... शनिबार, असार ७, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री ओलीले दिए खेलाडीलाई बधाई शनिबार, असार २८, २०८२
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य शनिबार, असार २८, २०८२
आज यि नदीमा छ बाढीको खतरा शनिबार, असार २८, २०८२
लिभरपुलले जोटाको सम्मानमा २० नम्बरको जर्सीलाई अवकाश दिने शनिबार, असार २८, २०८२
सन्दीप लामिछानेको सम्मानमा यस्तो बन्दैछ जन्मिएको गाउँमा रङ्गशाला शनिबार, असार २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो)
रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले खाद्य सुरक्षामा दीर्घकालीन असर परेको छ: मन्त्री अधिकारी(भिडियो) बुधबार, असार २५, २०८२
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो)
अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण (भिडियो) बुधबार, असार २५, २०८२
नेपाल लाइभ समाचार, असार 24 #live
नेपाल लाइभ समाचार, असार 24 #live मंगलबार, असार २४, २०८२
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार
त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरबाट उद्धार मंगलबार, असार २४, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
टी–ट्वान्टी विश्वकप दौडबाट बाहिरियो स्कटल्यान्ड, नेदरल्यान्ड्सलाई इटालीविरुद्ध जित्नैपर्ने दबाब शुक्रबार, असार २७, २०८२
एयर इन्डियाको विमान दुर्घटना: इन्जिन ‘कट-अफ’ को अर्थ र यसको प्रभाव शनिबार, असार २८, २०८२
पूर्वराजा ज्ञानेन्द्रको संवाद सचिवालय प्रमुखसँग प्रहरीको सोधपुछ शुक्रबार, असार २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
उद्धारका लागि गएको नेपाली सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा 'फोर्स ल्याण्डिङ' मंगलबार, असार २४, २०८२
साफ यू–२० च्याम्पियनसिप पूर्णिमा राईको ह्याट्रिकमा भुटानविरुद्ध नेपाल ६–१ गोलले विजयी शुक्रबार, असार २७, २०८२
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या आइतबार, असार २२, २०८२
८ दिनपछि सुनको मूल्य निर्धारण गरियो शुक्रबार, असार २७, २०८२
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्