दाङ- तुलसीपुर उपमहानगरपालिकाले उपमहानगर क्षेत्रभित्र साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म मात्र क्रसर उद्योग सञ्चालन गर्न नदिने भएको छ।
उपमहानगरपालिकाको २८ औँ कार्यपालिकाको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता श्याम डाँगीले जानकारी दिए। रातिको समयमा क्रसर उद्योग सञ्चालन हुँदा नजिकको बस्तीमा असर गर्ने भएकाले उपमहानगरपालिकाले यस्तो निर्णय गरेको हो।
यसैगरी कार्यपालिका बैठकले प्राकृतिक स्रोत, साधन, ढुंगा, गिट्टी, बालुवा जस्ता नदीजन्य खनिज पदार्थ बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म मात्र तोकिएका स्थानबाट उत्खनन गर्न पाइने निर्णय गरेको छ।
कार्यपालिकाको निर्णय कार्यान्वयनका लागि छिट्टै अनुगमन पनि गरिने उपमहानगरपालिका प्रवक्ता डाँगीले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।