काठमाडौं- भदौ ३ देखि उपत्यकामा जारी निषेधाज्ञा खुकुलो भएसँगै आइतबारदेखि लाइसेन्स नवीकरणको काम हुने भएको छ। यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र एकान्तकुनाले सूचना जारी गरी नवीकरणको काम सुरु हुने जनाएको हो।
बिहीबार एक सूचना जारी गर्दै लाइसेन्स नवीकरण कार्य पुनः सुरु गर्ने उल्लेख गरेको छ। निषेधाज्ञाका कारण तीन सातादेखि स्थगित रहेको सवारी चालक अनुमतिपत्र नवीकरण कार्य आइतबारदेखि सुरु हुने जनाएको छ।
कोरोना भाइरसको संक्रमणका कारण चैत ११ देखि रोकिएको लाइसेन्स नवीकरणको काम पुनः रोकिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।