काठमाडौं- नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको बिदाइ भएको छ। घिसिङलाई मंगलबार प्राधिकरणले बिदाइ गरेको हो।
२०७३ भदौ २९ गते ४ वर्षका लागि विद्युत प्राधिकरणको कार्यकारी प्रमुख पदमा नियुक्त भएका घिसिङको कार्यकाल आइतबार सकिएको हो।
घिसिङको कार्यकाल सकिन लागेसँगै उनलाई प्राधिकरणकै कार्यकारी प्रमुखमा दोहोर्याउनुपर्ने सार्वजनिक दबाब बढेको छ। तर अहिलेसम्म सरकारले भने उनको पुनर्नियुक्तिको औपचारिक प्रस्ताव तयार गरेको छैन।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।