काठमाडौं- प्रिमियम मोटरसाइकल ब्राण्ड केटिएमका दुई मोटरसाइकल सार्वजनिक भएको छ। बिहीबार केटिएमका बिएस–६ इन्जिनयुक्त २०२० मोडल सार्वजनिक गरेको हो।
केटिएम २०० ड्युक मोटरसाइकल स्प्लिट ट्रेलिस फ्रेम, ट्याङ्क र हेडल्याम्पका साथ अपग्रेड गरिएको छ। यसको पूरै बनावटलाई नयाँ रुप दिएको छ। यो बाइक डुअल च्यानल एकिएस र एलइडी डिआरएललगायत विशेषता छन्।
यी नयाँ सुविधाहरुको साथै यस मोटरसाइकलमा अल्ट्रा कम्प्याक्ट, लिक्विड–कुल्ड, ४–भल्भ इन्जिन, अत्याधुनिक इन्जेक्शन इलेक्ट्रोनिक्स समेत छन्। यो मोटरसाइकलमा भएको अर्को प्रमुख सुधार भनेको फ्यूल क्षमताको १०.२ लिटरबाट बढाएर १३.५ लिटर बनाएको छ। जसबाट चालकले ३० प्रतिशत अतिरिक्त दूरीसम्मको आनन्द लिन सक्छन्। यो मोटरसाइकलमा भएको इन्जिनले २५ पिएस पावर र १९.३ एनएम टर्क दिन्छ। यसको सुरुवाती मूल्य ५ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ।
केटिएम ३९० अर्थात् कर्नर रकेट पहिले देखि नै राइड–बाय–वायर, स्लिपर क्लच, सुपरमोटोको साथ डुअल–च्यानल एबिएस, टिएफटी डस्प्ले र एलइडी हेडल्याम्पजस्ता प्रिमियम सुविधाहरुको साथ उपलब्ध छ। यो मोटसाइकलले ४३.५ पिएस पावर र ३७ एनएम टर्क उत्पन्न गर्दछ। यसको मूल्य ८ लाख ४९ हजार ९ सय रुपैयाँ तोकिएको छ।
त्यस्तै केटिएम २५० ड्युकले ३० बिएस पावर र २४ एनएम टर्क दिन्छ। अन्य मोटरसाइकलमा जस्तै विशेषताहरु छन्। यो मोडल २ नयाँ रङमा उपलब्ध छ भने यसको मूल्य ६ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ। केटिएमका मोटरसाइकल नेपाली बजारमा हंसराज हुलासचन्द प्रालिले बिक्री गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।