काठमाडौं– साताको पहिलो कारोबारको दिन नेप्से परिसूचकमा ८ दशमलब २१ अंकको गिरावट आएको छ। आइतबार परिसूचक १ हजार ३ सय ४९ दशमलब शून्य १ को बिन्दूमा आइपुगेको छ।
आइतबार १ सय ६१ कम्पनीको ४० करोड ३५ लाख ४८ हजार ६८ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यता, ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्समा पनि २ दशमलब १० अंकको गिरावट आएको छ।
आइतबार कारोबार भएका ५ समूहमा गिरावट आएको छ। सबैभन्दा धेरै बैंकिङ समूह अन्तर्गतका लगानीकर्ताले गुमाएका छन्। यो समूह ११ दशमलब ६ अंकले घटेको छ। त्यस्तै, अन्य समूहमा ८ दशमलब ७ अंकको गिरावट आएको छ।
आइतबार सबैभन्दा बढी होटल समूह अन्तर्गतका लगानीकर्ताले कमाएका छन्। यो समूहको कारोबार ३५ दशमलब १८ अंकको वृद्धि भएको छ। त्यस्तै, उत्पादन तथा प्रशोधन समूहको कारोबार ८ दशमलब १८ अंकले बढेको छ।
आइतबार राष्ट्रिय बिमा कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ। कम्पनीको १ करोड ५ लाख १ हजार ८ सय ५० रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको १ करोड ४७ लाख ११ हजार २ सय ३५ रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको छ।
स्वदेशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन्। कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ सय ४६ रुपैयाँ अर्थात् ९ दशमलब ९४ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै नयाँ नेपाल लघुवित्त विकास बैंकका लगानीकर्ताले प्रतिकित्ता १ सय १६ रुपैयाँ कमाएका छन्।
यता, वरुण हाइड्रोपावरका लगानीकर्ताले प्रतिकित्ता ११ रुपैयाँ अर्थात ७ दशमलब ७७ प्रतिशत गुमाएका छन्। जेविल्स फाइनान्सका लगानीकर्ताले प्रतिकित्ता १२ रुपैयाँ गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।