काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २७ वटा वाणिज्य बैंकले चालू आर्थिक वर्षको ९ महिनासम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक वित्तीय विवरण अनुसार अधिकांश बैंकको प्रतिसेयर आम्दानी घटेको छ भने केही बैंकको खुद मुनाफा घटेको छ।
चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार कुन बैंकको अवस्था कस्तो छ, हेरौं।
५ बैंकको चुक्ता पुँजी अझै ८ अर्ब पुगेन
नेपाल राष्ट्र बैंकले तोकेको चुक्ता पुँजी ८ अर्ब रुपैयाँको सीमा नेप्सेमा सूचीकृत २७ वटा बैंकमध्ये ५ वटाले अझै कटाएका छैनन्। चालु आर्थिक वर्षको ९ महिनासम्म आइपुग्दा चुक्ता पुँजी नपुर्याउने बैंकमा एनएमबी बैंक, कुमारी बैंक, सिभिल बैंक, एनसिसी बैंक र बैंक अफ काठमाण्डू रहेका छन्।
कुन बैंकको चुक्ता पुँजीको अवस्था कस्तो?

६ वाणिज्य बैंकको खुद मुनाफा घट्यो
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २७ वाणिज्य बैंकमध्ये ६ बैंकको खुद मुनाफा घटेको छ भने एनसिसी बैंकले सर्वाधिक नाफा कमाएको छ। बैंकको खुद मुनाफा अघिल्लो वर्षको तुलनामा २ सय २४ दशमलब ५३ प्रतिशतले बढेको छ।
नाफा घट्ने ६ बैंकमा ग्लोबल आइएमई, माछापुच्छ्रे, मेगा, नेपाल बंगलादेश, एनआइसी एसिया र प्रभु बैंक रहेका छन्।
कुन बैंकले कति कमाए नाफा?

४ बैंकको घट्यो खुद ब्याज आम्दानी, जनता बैंकले बढायो सर्वाधिक
चैत मसान्तसम्म आइपुग्दा चार बैंकले अघिल्लो वर्षको तुलनामा खुद ब्याज आम्दानी घटाएका छन्। खुद ब्याज आम्दानी घटाउने बैंकमा कृषि विकास बैंक, ग्लोबल आइएमई बैंक, एनसिसी बैंक र प्रभु बैंक रहेका छन्।
यता जनता बैंक नेपालले भने खुद मुनाफामा उल्लेख्य वृद्धि गरेको छ। बैंकले अघिल्लो वर्षको तुलनामा खुद मुनाफा १ सय ११ प्रतिशतले वृद्धि गरी १ अर्ब ५७ करोड रुपैयाँ कमाएको छ।
कुन बैंकको ब्याज आम्दानी कति?

४ बैंक बाहेक अन्य बैंकको प्रतिसेयर आम्दानी नकारात्मक
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ बैंक बाहेक अन्य बैंकको प्रतिसेयर आम्दानी नकारात्मक छ। प्रतिसेयर आम्दानी बढाउनेमा सिभिल बैंक, ग्लोबल आइएमई बैंक, एनसिसी बैंक र प्राइम कमर्सियल बैंक छन्।
नबिल बैंकको प्रतिसेयर आम्दानी सबैभन्दा बढी छ। बैंकको प्रतिसेयर आम्दानी ४६ रुपैयाँ ७३ पैसा रहेको छ। बैंकको प्रतिसेयर आम्दानीमा अघिल्लो वर्षको तुलनामा ११ रुपैयाँ ८६ पैसाको गिरावट आएको हो।
कुन बैंकको प्रतिसेयर आम्दानी कति?

१३ बैंकको निस्क्रिय कर्जा घट्यो
सामान्यतया निस्क्रिय कर्जा न्यून भएका कम्पनीहरुलाई राम्रो मानिन्छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा १३ वटा बैंकले निस्क्रिय कर्जा घटाएका छन् भने अन्यको बढेको छ।
कुन बैंकको निस्क्रिय कर्जा कति?

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।